दुहबी / सनिवार बिहान परेको चटयाङ लागेर सुनसरीको गढी गाउँपालिकामा ६० वर्षिय पुरुषको मृत्यु भएको छ ।
सुनसरी प्रहरीका अनुसार बिहान परेको चटयाङले लाग्दा गढी गाउँपालिका २ का ६० वर्षिय रघुनाथ यादवको मृत्यु भएको हो
प्रहरीका अनुसार खेतमा भैंसी चराउँदै गरेका यादवको चटयाङ लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएपी नरेन्द्र कुमार कार्कीका अनुसार यादवको घटनास्थलमै ज्यान गएको हो ।