दुहबी / निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले संसदीय समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयकको विषयप्रति असन्तुष्टि जनाउँदै देशब्यापी
आन्दोलन कार्यक्रम अनुसार दुहबीका निजि विद्यालयहरुले विद्यालयको बसमा कालो झण्डा र ब्यानर राखेर बिरोध प्रदर्शन गर्दै दुहबी नगर परिक्रमा गराएको छ । प्याब्सनले अहिलेको प्रस्तावित विधेयक आफूहरुका लागि अस्वीकार्य भएको दुहबी नगर प्याब्सन अध्यक्ष सुशील शाक्यले बताए ।
यसैगरी आज १ बजे काठमाडौं माइतीघर मंडलामा भेला भइ शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संघीय संसद घेराउ/धर्ना गर्ने प्याब्सनले जनाएको छ ।
प्याब्सनका अनुसार निजी विद्यालयलाई गैरनाफामूलक बनाइने भन्ने वाक्यांश हटाउन प्याब्सनले माग गरेका हुन् ।
पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाउनुपर्ने माग पनि उनीहरूको छ । साउन २२ गते शिक्षा समितिबाट पारित भएको संसदीय उपसमितिको प्रतिवेदनमा निजी विद्यालयलाई क्रमश ः गैरनाफामूलक बनाइने व्याक्यांश छ ।
निजी विद्यालय सञ्चालकहरूले हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनुपर्ने र छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने माग समेत राखेका छन् ।





