दुहबी / सुनसरीको दुहबी ५ स्थित श्री सरस्वती मा.वि. विरुद्ध बालविकास सहजकर्ताको नियुक्ति नदिनु, दिन नलगाउनु भनि उत्प्रेषणयुक्त परमादेश मुद्दामा उच्च अदालत बिराटनगरले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

श्री सरस्वती मा.वि. दुहबीले २०८२ जेठ २७ गते १ जना बालविकास सहजकर्ताको माँग गरेको
थियो । जसअनुसार २०८२ असार २१ गते परिक्षा संचालन भएको थियो । उक्त परिक्षामा धाँधली र अनियमितता भएको भन्दै दुहबी ६ कि परिक्षार्थी पार्वती कुमारी रौनियारले उच्च अदालत बिराटनगरमा रिट दायर गरेपछी उच्च अदालत बिराटनगरले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
पार्वती कुमारी रौनियारले शनिबार दुहबीमा पत्रकार सम्मेलन गर्दै दुहबी ५ नम्बर वडा सदस्यको श्रीमतीलाई नियुक्ति गर्न चलखेल गरेर योग्य परिक्षार्थीललाइ पाखा लगाउने काम गरेको
बताइन् । योग्यता पुगेका योग्य परिक्षार्थीकोलागी न्यायको अपिल गर्दै पत्रकार सम्मेलनमा पार्वती रौनियार भक्कानिदैं रोएकी थिइन । निश्पक्षरूपमा परिक्षा संचालन गर्नुपर्नेमा उनले जोड दिएकी
छिन । सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा समेत उजुरी परेको छ ।





