• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

म जस्तो अरुकोही पीडित नहोस् : साकिर

काेचिला खबर by काेचिला खबर
08/19/2021
in समाज
61
SHARES
279
VIEWS
Share on FacebookShare on Twitter

अजमल अन्सारी

भदौ ३, सुनसरी। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ का साकिर आलम जन्मदेखीनै दृष्टिविहिन व्यक्ति हुन् अन्यको तुलनामा हेर्दाखेरि रमेश प्रसाईं जस्तै हुन् । आलम हेर्न सक्दैन् तर स्पष्ट बोल्न र अनुभव गर्न सक्ने क्षमता भएका युवा हुन् ।आर्थिक अवस्था कमजोर भएका आलम एक जेहेन्दार युवा विद्यार्थी हुन् । आलमलाई अध्ययन गर्न समस्या भएको छ ।

हाल अहिले बुटवलमा कानुन संकायमा अध्ययनरत रहेको आलम आर्थिक समस्या कारण परीक्षा दिन नपाएको गुनासो गर्दै आलमले अध्ययन गर्न समस्या भएको बुधवार भोक्राहाको चिरौली चौकमा एककार्यक्रम बीच गुनासो गरेका हुन् ।भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ का मोहम्मद सहजाद आलमको छोरा हुन् साकिर आलम, उनको बुवाको जन्मसिद्ध नागरिकता भएकोले आफूले पनि जन्मसिद्ध नागरिकता बनाउनुपर्ने बाध्यता भएको साकिर आलमको कथन छ ।

कार्यक्रममा आलमले श्री पृथ्वीनारायण मावीमा एककार्यक्रमको बीच कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मलाई शिक्षामा पहल गर्ने उद्देश्यले सहयोग स्वरुप पचास हजार छात्रवृत्तिको घोषणा गर्नु भएको थियो तर छ महिना बितिसक्दापनि सो छात्रवृत्ति पाउन नसकेको उनको भनाइ थियो। उनले भने ” पचास हजारले मलाई धनी हुनु थिएन, पचास हजारले मैले शिक्षा पाइसकेपछि भोली म कराेडाैं कमाउन सक्छु, “सरकार हुन्छ भने गरेर हेराइ दिनु सरकार तर यसरी आश्वासन नदिनु सरकार” जति भनेपनि मलाई पढ्नु छ सरकार, मलाई अधि बढ्नु छ सरकार भन्ने उनको भनाइ थियो।

म नेपालकै नागरिक भएरपनि जन्मसिद्ध नागरिकता लिनुपर्ने मेरो बाध्यतालाई सरकारले यस विषयमा ध्यानदिनुपर्ने आलमको भनाई छ । सरकारलाई उनले आग्रह गर्दै जन्मसिद्ध नागरिकता खारेज गरेर बंशज नागरिकता दिने कानुन बनाउनुपर्नेमा जोड दिएका थिए । नेपाली नागरिक भएरपनि जन्मसिद्ध नागरिकता लिनु भन्दा देश निकाला गर वा भुटानी सरनाथी कायम गर उनले भने ।

विद्यार्थी साकिरले एमसिसी राष्ट्रघाती भएकाले यसको आवश्यकता नभएको औंल्याएका छन् । एमसिसी खारेर अभियान, सुनसरीमा विभिन्न संघसंस्थाहरु लगायत युवाहरु, बुद्धिजिवीले, सामाजिक अगुवाहरुले विरोध गर्दै आएका छन्। साकिरले नेपाललाइ शक्ति राष्ट्रको फौजी अखडा हुनबाट जोगाउन एमसिसी सम्झौता खारेज गर्नका लागि दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए । देशमा कुनै पनि हालतमा यो परियोजना ल्याउन दिन नहुने उल्लेख गरेको छ। उनले भने, ‘यो नेपालको लागि आएको अनुदान होइन । नेपाल सरकारसङ्ग सम्झौता गरिरहेको छ, भारतका लागि आएको हो एमसिसी ।’ उनले अमेरिकाले अनुदानको नाटक मन्चन गरेर सारा एसिया नै घेर्ने रणनीति रहेको र “नेपाल अहिलेसम्म कुनै देशको गुलाम नभएकोले २१ आैँ शताब्दीमा नयाँ तरिकाबाट नेपाललाई गुलाम बनाउन लागेको उनको कथन छ ।

विश्वमा छुट्टै सान आउँदैछ, विकासको सुनौलो अभियान आउँदैछ, आशा देखाएर ज्युँदै मार्नेहरुको निम्तिःतिखो छुरा झैँ पहिचान आउँदैछ भन्ने नाराका साथ साकिर आलमले भोक्राहाको चिरौली चौकमा पत्रकार सम्मेलनको आयोजना गरी तथा गाउँपालिकाको मुख्य चाैक चिराैलीमा देशमा भइरहेको गतिविधि, एमसीसी विरुद्ध,आश्वासन दिनेहरुलाई खबरदारी, सरोकारवालाहरुलाई ध्यानाकर्षण लगायतका विषयमा बोलेका थिए ।

आलमका अनुसार पढेर ठूलो मान्छे बनेर मलाई अघि बढनु छ । उनले भने, ‘ म आफैलाई चिनाउने प्रयास गरेको छु, म फरक नामले चिन्न चाहन्छु, आफनो फरक किसिमको पहिचानलाई समाजमा स्थापति गर्न चाहेको छु । जन्मसिद्ध नागरिकताको बारेमा सरोकारवालाहरु समक्ष पुर्याउनका लागि र एमसीसी विरुद्ध आफनो आवाजलाई केही व्यक्तिहरुले दवाउन खोजेको र पारिवारिक दवाव आएको भएपनि आफू चिरौली चौकमा उभिएर देशको समसमायिक विषयमा उनले धारणा राखेका थिए ।

कार्यक्रममा आलमले मेरो आवाजलाई ठाँउ सम्म पुर्याइदिने कोहि छ? को को हुनुहुन्छ आउनुस मलाई तपाईको साथ र सहयोगको आवश्यकता छ, म पढ्न चाहन्छु भन्दै मलाई पढ्नको लागि यी पार्टीले अनेक थरीका फन्ड देखाए,अनेक थरी योजना दर्शाए तर कसैले मलाई सहयोग गरेन, हात जोडनु पर्यो उनीहरुसँग तर सहयोग मनहरु कमै पाइए तर म आम दर्शक पाठकलाई अपिल गर्छु मलाई अगाडी बढाउनको निम्ति मेरो शिक्षालाई अगाडी बढाउनु, मलाई पढ्नु छ भन्ने लगायत पार्टीमा भइरहेको गतिविधीको बारेमा सम्बोधन गर्नुभएको थियो।

कार्यक्रम सकेपछि आलमले भने आजको यो कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका गाउँपालिकाको अध्यक्ष देखि सम्पुर्ण वडाका वडा अध्यक्षहरु, गाउँपालिकाका राजनीतिकदल र आसपासका स्थानीयतहका जनप्रतिनिधिहरुलाई समेत उपस्थितिकोलागि आग्रह गरेको थिए तर कुनैपनि जनप्रतिनिधि र राजनीतिकदलहरुले उपस्थित नभएपछि मलाई साथ, समर्थन, सहयोग नगर्ने प्रष्ट भएको बताउनुभयो ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

छठ पर्व आजदेखि सुरु,पहिलो दिन आज‘नहाय,खाय’

छठ पर्व आजदेखि सुरु,पहिलो दिन आज‘नहाय,खाय’

10/25/2025
बिराटनगरमा निस्किने रथयात्रामा कडा सुरक्षा घेरा : आकाशबाट ड्रोन, जमिनमा एक हजार प्रहरी ।

बिराटनगरमा निस्किने रथयात्रामा कडा सुरक्षा घेरा : आकाशबाट ड्रोन, जमिनमा एक हजार प्रहरी ।

08/17/2025
दुहबीको महेन्द्र मेमोरियल एकेडमीमा राधा–कृष्ण रूप सज्जा प्रतियोगिता ।

दुहबीको महेन्द्र मेमोरियल एकेडमीमा राधा–कृष्ण रूप सज्जा प्रतियोगिता ।

08/16/2025
आज इस्लाम धर्मावलम्बीहरूले ईद उल फित्र’ मनाइँदै, देशभर सार्वजनिक विदा ।

आज इस्लाम धर्मावलम्बीहरूले ईद उल फित्र’ मनाइँदै, देशभर सार्वजनिक विदा ।

03/31/2025
सुनसरीको गाउँ गाउँमा जितियाको रौनक !

सुनसरीको गाउँ गाउँमा जितियाको रौनक !

09/25/2024
जिल्ला अस्पताल सुनसरीको समाजिक परिक्षण सम्पन्न

जिल्ला अस्पताल सुनसरीको समाजिक परिक्षण सम्पन्न

07/06/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist