• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
सबै नतिजा हेर्नुहाेस्
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
सबै नतिजा हेर्नुहाेस्
Kochilakhabar

म जस्तो अरुकोही पीडित नहोस् : साकिर

काेचिला खबर by काेचिला खबर
भदौ ३, २०७८
in समाज
59
SHARES
270
VIEWS
Share on FacebookShare on Twitter

अजमल अन्सारी

भदौ ३, सुनसरी। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ का साकिर आलम जन्मदेखीनै दृष्टिविहिन व्यक्ति हुन् अन्यको तुलनामा हेर्दाखेरि रमेश प्रसाईं जस्तै हुन् । आलम हेर्न सक्दैन् तर स्पष्ट बोल्न र अनुभव गर्न सक्ने क्षमता भएका युवा हुन् ।आर्थिक अवस्था कमजोर भएका आलम एक जेहेन्दार युवा विद्यार्थी हुन् । आलमलाई अध्ययन गर्न समस्या भएको छ ।

हाल अहिले बुटवलमा कानुन संकायमा अध्ययनरत रहेको आलम आर्थिक समस्या कारण परीक्षा दिन नपाएको गुनासो गर्दै आलमले अध्ययन गर्न समस्या भएको बुधवार भोक्राहाको चिरौली चौकमा एककार्यक्रम बीच गुनासो गरेका हुन् ।भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ का मोहम्मद सहजाद आलमको छोरा हुन् साकिर आलम, उनको बुवाको जन्मसिद्ध नागरिकता भएकोले आफूले पनि जन्मसिद्ध नागरिकता बनाउनुपर्ने बाध्यता भएको साकिर आलमको कथन छ ।

कार्यक्रममा आलमले श्री पृथ्वीनारायण मावीमा एककार्यक्रमको बीच कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मलाई शिक्षामा पहल गर्ने उद्देश्यले सहयोग स्वरुप पचास हजार छात्रवृत्तिको घोषणा गर्नु भएको थियो तर छ महिना बितिसक्दापनि सो छात्रवृत्ति पाउन नसकेको उनको भनाइ थियो। उनले भने ” पचास हजारले मलाई धनी हुनु थिएन, पचास हजारले मैले शिक्षा पाइसकेपछि भोली म कराेडाैं कमाउन सक्छु, “सरकार हुन्छ भने गरेर हेराइ दिनु सरकार तर यसरी आश्वासन नदिनु सरकार” जति भनेपनि मलाई पढ्नु छ सरकार, मलाई अधि बढ्नु छ सरकार भन्ने उनको भनाइ थियो।

म नेपालकै नागरिक भएरपनि जन्मसिद्ध नागरिकता लिनुपर्ने मेरो बाध्यतालाई सरकारले यस विषयमा ध्यानदिनुपर्ने आलमको भनाई छ । सरकारलाई उनले आग्रह गर्दै जन्मसिद्ध नागरिकता खारेज गरेर बंशज नागरिकता दिने कानुन बनाउनुपर्नेमा जोड दिएका थिए । नेपाली नागरिक भएरपनि जन्मसिद्ध नागरिकता लिनु भन्दा देश निकाला गर वा भुटानी सरनाथी कायम गर उनले भने ।

विद्यार्थी साकिरले एमसिसी राष्ट्रघाती भएकाले यसको आवश्यकता नभएको औंल्याएका छन् । एमसिसी खारेर अभियान, सुनसरीमा विभिन्न संघसंस्थाहरु लगायत युवाहरु, बुद्धिजिवीले, सामाजिक अगुवाहरुले विरोध गर्दै आएका छन्। साकिरले नेपाललाइ शक्ति राष्ट्रको फौजी अखडा हुनबाट जोगाउन एमसिसी सम्झौता खारेज गर्नका लागि दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए । देशमा कुनै पनि हालतमा यो परियोजना ल्याउन दिन नहुने उल्लेख गरेको छ। उनले भने, ‘यो नेपालको लागि आएको अनुदान होइन । नेपाल सरकारसङ्ग सम्झौता गरिरहेको छ, भारतका लागि आएको हो एमसिसी ।’ उनले अमेरिकाले अनुदानको नाटक मन्चन गरेर सारा एसिया नै घेर्ने रणनीति रहेको र “नेपाल अहिलेसम्म कुनै देशको गुलाम नभएकोले २१ आैँ शताब्दीमा नयाँ तरिकाबाट नेपाललाई गुलाम बनाउन लागेको उनको कथन छ ।

विश्वमा छुट्टै सान आउँदैछ, विकासको सुनौलो अभियान आउँदैछ, आशा देखाएर ज्युँदै मार्नेहरुको निम्तिःतिखो छुरा झैँ पहिचान आउँदैछ भन्ने नाराका साथ साकिर आलमले भोक्राहाको चिरौली चौकमा पत्रकार सम्मेलनको आयोजना गरी तथा गाउँपालिकाको मुख्य चाैक चिराैलीमा देशमा भइरहेको गतिविधि, एमसीसी विरुद्ध,आश्वासन दिनेहरुलाई खबरदारी, सरोकारवालाहरुलाई ध्यानाकर्षण लगायतका विषयमा बोलेका थिए ।

आलमका अनुसार पढेर ठूलो मान्छे बनेर मलाई अघि बढनु छ । उनले भने, ‘ म आफैलाई चिनाउने प्रयास गरेको छु, म फरक नामले चिन्न चाहन्छु, आफनो फरक किसिमको पहिचानलाई समाजमा स्थापति गर्न चाहेको छु । जन्मसिद्ध नागरिकताको बारेमा सरोकारवालाहरु समक्ष पुर्याउनका लागि र एमसीसी विरुद्ध आफनो आवाजलाई केही व्यक्तिहरुले दवाउन खोजेको र पारिवारिक दवाव आएको भएपनि आफू चिरौली चौकमा उभिएर देशको समसमायिक विषयमा उनले धारणा राखेका थिए ।

कार्यक्रममा आलमले मेरो आवाजलाई ठाँउ सम्म पुर्याइदिने कोहि छ? को को हुनुहुन्छ आउनुस मलाई तपाईको साथ र सहयोगको आवश्यकता छ, म पढ्न चाहन्छु भन्दै मलाई पढ्नको लागि यी पार्टीले अनेक थरीका फन्ड देखाए,अनेक थरी योजना दर्शाए तर कसैले मलाई सहयोग गरेन, हात जोडनु पर्यो उनीहरुसँग तर सहयोग मनहरु कमै पाइए तर म आम दर्शक पाठकलाई अपिल गर्छु मलाई अगाडी बढाउनको निम्ति मेरो शिक्षालाई अगाडी बढाउनु, मलाई पढ्नु छ भन्ने लगायत पार्टीमा भइरहेको गतिविधीको बारेमा सम्बोधन गर्नुभएको थियो।

कार्यक्रम सकेपछि आलमले भने आजको यो कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका गाउँपालिकाको अध्यक्ष देखि सम्पुर्ण वडाका वडा अध्यक्षहरु, गाउँपालिकाका राजनीतिकदल र आसपासका स्थानीयतहका जनप्रतिनिधिहरुलाई समेत उपस्थितिकोलागि आग्रह गरेको थिए तर कुनैपनि जनप्रतिनिधि र राजनीतिकदलहरुले उपस्थित नभएपछि मलाई साथ, समर्थन, सहयोग नगर्ने प्रष्ट भएको बताउनुभयो ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

सम्बन्धित- खबरहरू

नेपालीको दोस्रो चाड सुरु आज काग तिहार   ।

नेपालीको दोस्रो चाड सुरु आज काग तिहार ।

कार्तिक २५, २०८०
देवानगञ्जमा लक्ष्मी पुजाकाे सम्पुर्ण तयारी पूरा ।

देवानगञ्जमा लक्ष्मी पुजाकाे सम्पुर्ण तयारी पूरा ।

कार्तिक २१, २०८०
दुहबीमा पनी जितिया पर्व धुमधामका साथ मनाइयो

दुहबीमा पनी जितिया पर्व धुमधामका साथ मनाइयो

अशोज २०, २०८०
नेपालगञ्जमा सँगसँगै सद्‍भाव फैलाउँदैछन् महन्त र मौलाना

नेपालगञ्जमा सँगसँगै सद्‍भाव फैलाउँदैछन् महन्त र मौलाना

अशोज १८, २०८०
संघीय सरकारद्वारा दुहबीमा ६ करोड कम बजेट पठाएपछि मेयर गच्छदार असन्तुष्ट

संघीय सरकारद्वारा दुहबीमा ६ करोड कम बजेट पठाएपछि मेयर गच्छदार असन्तुष्ट

जेष्ठ १८, २०८०
फरवार्डले दियो मृत्यु दावीको बिमा रकम ११ लाख २५ हजार

फरवार्डले दियो मृत्यु दावीको बिमा रकम ११ लाख २५ हजार

बैशाख २०, २०८०

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामीसँग फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

डीपीआरको नाममा सकियो लाखौँ बजेट अझै निर्माण भएन झापाको एक पोखरी

डीपीआरको नाममा सकियो लाखौँ बजेट अझै निर्माण भएन झापाको एक पोखरी

मंसिर १८, २०८०
विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धानको छापा

विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धानको छापा

मंसिर १८, २०८०
९८ प्रकारका औषधि निःशुल्क दिने कार्यक्रम सफल भएन आमा प्रोत्साहन भत्ता कार्यक्रम सफल

९८ प्रकारका औषधि निःशुल्क दिने कार्यक्रम सफल भएन आमा प्रोत्साहन भत्ता कार्यक्रम सफल

मंसिर १७, २०८०
टिकटकबाहेक अरु सामाजिक सञ्जाल बन्द गर्न खोजेका छैनौं : उपप्रधानमन्त्री श्रेष्ठ

टिकटकबाहेक अरु सामाजिक सञ्जाल बन्द गर्न खोजेका छैनौं : उपप्रधानमन्त्री श्रेष्ठ

मंसिर १६, २०८०
दुहबीका युवाहरूको संयुक्त पहलमा निशुल्क कपडा तथा जुता बैँक शुरु ।

दुहबीका युवाहरूको संयुक्त पहलमा निशुल्क कपडा तथा जुता बैँक शुरु ।

मंसिर १६, २०८०

सबैभन्दा बढी पढिएकाे

  • दुहबीमा ५ दिन देखि बेपत्ता भएका यूवकको शव फेला, हत्यारा पक्राउ

    दुहबीमा ५ दिन देखि बेपत्ता भएका यूवकको शव फेला, हत्यारा पक्राउ

    1244 shares
    Share 498 Tweet 311
  • दुर्घटनामा परेर दुहबीका हरेराम साह र राजकुमारी चौधरीको मृत्यु, १२ जना घाइते

    1062 shares
    Share 425 Tweet 266
  • आज देखि २ हप्ताकालागि दुहबी लकडाउन, दुहबीनगरपालिकाको कार्यालय एक हप्ताका लागि सिल

    780 shares
    Share 311 Tweet 194
  • ईटहरीका एक युवाको दुहबीमा रहस्यमय मृत्यु

    571 shares
    Share 228 Tweet 143
  • इटहरी विद्युत प्राधिकरणले लापरवाही गरेको भन्दै स्थानीय त्रसित

    551 shares
    Share 220 Tweet 138

काेचिला खबर दैनिक पत्रिकाकाे सह-प्रकाशन

Kochilakhabar

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

Follow Us

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
सबै नतिजा हेर्नुहाेस्

ताजा समाचार

डीपीआरको नाममा सकियो लाखौँ बजेट अझै निर्माण भएन झापाको एक पोखरी

डीपीआरको नाममा सकियो लाखौँ बजेट अझै निर्माण भएन झापाको एक पोखरी

मंसिर १८, २०८०
विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धानको छापा

विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धानको छापा

मंसिर १८, २०८०

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
सबै नतिजा हेर्नुहाेस्
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist