दुहबी / थारु कल्याणकारी सभा दुहबी नगर समितिको आयोजनामा एक दिने प्रदेश स्तरिय जुडि सितौल सिरुवा मेला हुने भएको छ्। नया बर्ष २०८१ को अवसर पारेर आगामी बैशाक २ गते मेलाको आयोजना गरीएको था क स दुहबी का अध्यक्ष महेश माझीले शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका थिए।
इप्रका अगाडी खालि जग्गामा ( हाल रोजगार मेला लागेको स्थान) आयोजना गर्न लागीएको उक्त मेलामा मोरङ, सुनसरी, झापा, उदयपुर लगायत जिल्लाका थारु समुदायहरुको उल्लेखनिय उपस्थित रहने अध्यक्ष माझिले जानकारी गराए।
कोशी प्रदेशका सामाजिक बिकास मन्त्री राजेन्द्र कार्की को प्रमुख आतिथ्यमा मेला सम्पन्न गरिने छ, उनले भने अन्दाजि मेला सम्पन्न गर्नका लागी ११ लाख अनुमानित लागत रएको र आर्थिक मुख्य श्रोत सामाजिक बिकाश मन्त्रालय रहेको जानकारी गराए। बैशाक २ गते बिहान १०देखि साझ ६ बजे सम्म चल्ने उक्त मेलामा थारु समुदायको कला संस्कृति सम्रक्षण र प्रवर्धन गर्न योगदान गर्ने बिशिस्ट ब्यक्तित्वहरुलाइ सम्मान गर्ने , युवा हरुलाइ कला सस्कृति प्रति सचेतना तालिम दिने, हरि कृतन समुहलाइ सम्मान गर्ने, गच्छदार र धामि संग ग्रामथान बारे अन्तर्कृया गरिने कार्यक्रम रहेको माझिले जानकारी गराए ।
थारु जातीको लोपोन्मुख कला , संस्कृतिलाइ जगेर्ना गर्दै भाबि पिढिलाइ जान कारी गराउनु र संरक्षण र प्रवर्धन गर्नु मेलाको मुख्य उदेश्य रहेको उनको भनाइ छ।
मेलामा थारु परिकार हरुको स्टल समेत रहने छ भने चर्चित कलाकार को उपस्थिति मा नाचगान समेत रहेको माझिले बताए ।