• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा ५ दिन देखि बेपत्ता भएका यूवकको शव फेला, हत्यारा पक्राउ

काेचिला खबर by काेचिला खबर
11/30/2020
in FEATURE, मुख्य, समाज, स्थानीय
1.3k
SHARES
5.7k
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/सुनसरीको दुहबीमा मसिंर १० गतेदेखि बेपत्ता भएका एक युवकको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । दुहबी २ स्थित रहेको अरुण वनस्पति उद्योगको कम्पाउण्डको उत्तरपट्टी खालि जग्गाको सिलाम झारको घारी भित्र फालेको अवस्थामा सोमवार बिहान ५ बजे शव भेटिएको हो । शव दुहबी २ कै १७ वर्षीय सुजन नारायण चौधरीको भएको बताइएको छ ।

उनी मसिंर १० गतेदेखि बेपत्ता थिए । कक्षा ११ मा अध्ययनरत चौधरीलाई अपहरण गरी हत्या गरिएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । मृतकका परिवारका अनुसार सुजन बेपत्ता भएकै दिन आमाको मोबाइलमा अज्ञात व्यक्तिले ’तिम्रो छोरा म सँग छ, पैसा दिनुपर्छ’ भनेर धम्की आएको बताइएको छ। धम्की आएपछि इलाका प्रहरी कार्यालय दुहबीमा घटनाको बारे जानकारी गराइएको थियो । पछि खोजतलास गर्ने क्रममा शव भेटिएको प्रहरीले जनाएको
छ । घटनाको प्रारम्भिक अनुसन्धानले अपहरण हुन सक्ने आशङ्का गरिएको छ’ सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले भने ’हामी अनुसन्धानमै छौ’। मृतकको शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उनले जानकारी दिए । घटनामा संलग्न हुन सक्ने आशङ्कामा केही व्यक्तिलाई समेत नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बताएको छ ।

मृतकको अनुहार र टाउकोमा गहिरो चोट देखिन्छ । दुहबी न.पा.वडा नं.२ बीरगाँउ वस्ने सुरेन्द्र नारायण चौधरीको छोरा वर्ष १७ को सुजन नारायण चौधरी हराएको भनि ४ दिन अगाडी मृतकका बुबा सुरेन्द्र नारायण चौधरीले इलाका प्रहरी कार्यालय दुहबीमा हुलिया निवेदन पेश गरे पश्चात निवेदनको आधारमा हराएको को हुलिया परिपत्र गरी इलाका प्रहरी कार्यालय दुहबी समेतवाट खटिएको प्रहरी अनुसन्धान टोलीले खोज तलास तथा अनुसन्धानको कार्य सुरु गर्ने क्रममा घटनामा संलग्न रहेको आशंकामा सोही स्थान बस्ने वर्ष २० का सुमन झालाई पक्राउ गरी प्रारम्भिक सोध–पुछको गर्ने क्रममा सुमन झाले आफूले मारेको भनि स्वीकार गरेको र मृत लाश दुहवी न.पा.वडा नं.२ मा रहेको अरुण वनस्पति उद्योगको कम्पाउण्डको उत्तरपट्टी खालि जग्गाको सिलाम झारको घारी भित्र फालेको छ, भनि बताएको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीवाट प्रहरी उपरीक्षकको कमाण्डमा प्रहरी अनुसन्धान टोली घटनास्थलमा खटिगई मृतकको घटनास्थलबाट लासजाँच मुचुल्ला लगायतको कार्य सम्पन्न गरी लाश पोष्टमार्टमको लागि वि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको थियो। सो घटनाको अनुसन्धानको सिलसिलामा जिल्ला सुनसरी दुहबी न.पा.वडा नं.२ वस्ने वर्ष २० को सुमन झा समेत ३ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । सो घटना सम्वन्धमा मृतकका फूपाजु कृष्ण कुमार चौधरीले इलाका प्रहरी कार्यालय दुहवीमा कर्तव्य ज्यान शिर्षकमा किटानि जाहेरी समेत पेश गरेका छन् ।

‘लगाएको कपडाको विषयलाई लिएर होच्याएपछि हत्या गरेको आरोपीले स्वीकार गरिसकेका छन्’ उनले भने ‘घटनालाई डाइभर्ट गर्न अपहरणको आसयसहितको म्यासेज पठाएको देखिन्छ ।’
सुजन सम्पर्कविहीन भएकै दिन हत्या भएको देखिएको प्रहरी उपरीक्षक थापाले बताए । उनका अनुसार बेलुका घरबाट निस्किएका सुजनलाई आमाले करिब ७ बजे खाना खान बोलाउन फोन गर्दा नजिकै छु, आउछु भन्ने जवाफ फर्काएको देखिन्छ । तर नआएपछि करिब ८ बजे पुनः फोन गर्दा भने फोन सुमनले उठाएर सुजन आफ्नो कब्जामा रहेको जवाफ दिएर मोबाइल अफ गर्छन् ।
‘घटना ७–८ बजे बीचमा भएको देखिन्छ’ थापा भन्छन् ‘हत्या भइसकेपछि फोन आउँदा आफ्नो कब्जामा छ भन्दै फोन काट्छन् ।’
प्रहरीका अनुसार हत्यापछि शव झाडीमा लुकाएर सुमन घर गएका थिए । मृतकको मोबाइल पनि आफूसँगै लगेका उनले भोलिपल्ट बिहान शवलाई लुकाएर मृतकको आमालाई अपहरणको आशयसहितको म्यासेज पठाएका थिए । ‘घटनालाई डाइभर्ट गर्न म्यासेज पठाएको देखिन्छ’ थापाले भने ‘त्यसपछि मोबाइल अफ देखिन्छ ।’

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा ११ औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने ।

दुहबीमा ११ औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने ।

02/11/2026
दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

02/02/2026
स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

01/27/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist