दुहबी / सुनसरीको ईटहरी ४ बस्ने अन्दाजी बर्ष ३० को प्रदिप साह दुहबी ३ स्थित आफ्नै इलेक्ट्रोनिक पसल भित्र पासोमा झुन्डिएको अवस्थामा रहस्यमय मृत्यु भएको पाइएको छ ।
स्थानीयहरुको भनाई अनुसार ईलोक्ट्रोनिक पसल संचालनक मृतक साहको प्रदेश १–०२÷०४० प ÷६४७ नम्बरको मोटरसाइकल मंगलवार राती देखीनै पसल भएको तल्लो तल्लामा राखिरहेको र बुधबार बिहान १० बजे सम्म पनि सोहि स्थानमा राखिएको बताए। मृतकका श्रीमती राती श्रीमान घर नआए पछि दुहबीको पसलमा खोज्दै आउदा बुधबार १० बजे पसलको ढोका खोलेर हेर्दा साह कपडाको पासो लगाइ भुंईमा बसेको जस्तो झुन्डिएको अवस्थामा देखा परेको बताइन ।
प्रहरीका अनुसार मृतक युवा दुहबी ३ स्थित कोशि राजमार्गको छेवमा ईलोक्ट्रोनिक पसल गर्दै आएकोमा बुधबार बिहान १० बजे पसल भित्र झुन्डिएको अवस्थामा देखे पछि उनका श्रीमतीले प्रहरी लाई खबर गरेको बताए ।
स्थानीयहरुका अनुसार घटनाको प्रकृती हेर्दा आफै झुन्डिएर मृत्यु भएको भए भुंईमा बसेर कोहि पनि पासो लगाई झुन्डिएर आत्महत्या न गर्ने बताउँदै मृत्युको कारण शंकास्पद भएको बताउँछन ।
उता सोही बिषयमा ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक जयदेव माझी संग बुझ्दा घटनाको अनुसंधान भईरहेको र पोस्टमार्टमको रिपोर्ट नआउन्जेल केही भन्न नमिल्ने बताए।