• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

महाशिवरात्रि पर्व आज, हिन्दू धर्मावलम्बीले धुमधामसाथ मनाउँदै

काेचिला खबर by काेचिला खबर
03/11/2021
in जीवनशैली
87
SHARES
394
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर / प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आज (बिहीबार) परेको छ ।

भगवान आराध्यदेव शिवको पूजाराधना गरी हिन्दू धर्मावलम्बीहरुले मुलुकभर धुमधाम र हर्षोल्लाससाथ यो पर्व मनाउने गर्छन् । पर्वको अवसरमा मुलुकका विभिन्न शिव मन्दिरहरुमा दर्शनार्थीको घुइँचो लागेको छ । भक्तजनहरु नदी, कुण्ड, तलाउहरुमा गएर स्नान गर्दै पूजापाठ गर्न र भगवान शिवको दर्शन गर्न मन्दिर पुग्ने गरेका छन् ।

भगवान शिवको विशेष पूजापाठ हुने भएकाले यस दिनलाई महाशिवरात्रि पर्व भन्ने गरिन्छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये महाशिवरात्रिको ठूलो महत्व छ । यसलाई एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थहरुमा वर्णन गरिएको छ ।

यस दिनलाई सम्पूर्ण दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगतको कल्याण गर्ने तत्व) ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको भनाइ छ ।

व्रतमध्ये सर्वोत्तम महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बस्दा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

राष्ट्रिय सांस्कृतिक पर्व यस दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ । कैलाशकूट र किराँतेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको अराध्यादेव पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।

पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ । यस्ता पदार्थ सेवन र बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारबाही गर्ने कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

विशेष गरेर शिवरात्रिमा गाँजा, भाङ, धतुरोलगायत सेवन गरिन्छ । यस्ता वस्तु सेवन गर्दा भगवान शिव खुशी हुने जनविश्वास छ । यी वस्तुलाई लागुऔषधका रुपमा कानुनले व्याख्या गरेको भए पनि आजको दिनमा भने भगवान शिवको पर्सादका रुपमा ग्रहण गर्ने चलन छ । तर यस्ता वस्तुको सेवनका कारण समाज नाकारात्मक बाटोतर्फ जाने भएका कारण प्रहरीले नियन्त्रणमा विशेष भूमिका खेल्ने छ ।

लागुऔषध सेवनका कारण समाजमा झैझगडा हुने र अनेक समस्या आइपर्ने भएपछि कडाई गर्नै पर्ने अस्था आएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता बसन्त कुवँरले जानकारी दिए । उनका अनुसार भगवान शिवको पर्सादका रुपमा सेवन गरिने यस्ता वस्तुले शान्ति सुरक्षा र अमनचयनमा असर पुर्याउने प्रहरीको निस्कर्ष छ । मुलुकभर लागुऔषधजन्य वस्तुको सेवन, किनबेच र ओसारपसारमा कडाई गरिएको जानकारी दिँदै कुँवरले कोही कसैले कानुनले उल्लंघन गर्न नपाउने प्रष्ट पारे ।

केही मानिसले फागुन २ गते शिवरात्रि भनी हल्ला चलाए पनि नेपाल पञ्चांग निर्णायक समितिले लामो छलफलपछि मध्यरातमा चतुर्दशी परेका दिनलाई मानेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । शिवरात्रिको पूर्वसन्ध्यामा योगी नरहरिनाथ आध्यात्मिक परिषद्ले आज गुह्येश्वरीदेखि नयाँ बानेश्वरको छक्कुबक्कुसम्म शिवपार्वती रथ यात्रा निकाल्ने छ ।

नेपालमा शिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने भक्तजनहरुको अत्याधिक घुइँचो लाग्ने गरेको छ । साथै मुलुकका विभिन्न स्थानमा रहेका शिवालयहरुमा पनि बिहानैदेखि दर्शनार्थीहरुको भीड लागिरहेको छ । सरकारले कोरोना भाइरसको सङ्क्रमण पूर्ण रुपमा नियन्त्रणमा आइनसकेका कारण सावधानी अपनाएर मात्रै पूजाआराधना गर्न र भीडभाड नगर्न सबैमा अनुरोध पनि गरेको छ ।

तर शिवालयहरुमा देखिएको भीडले भने कोरोना नियन्त्रणमा आइसकेको झल्को दिन्छ । सरकारले बेलैमा सचेत भएर आफ्नो आस्था अनुसार पूजापाठ गर्न र दर्शन गर्न सबैमा अनुरोध गरेको छ । सरकारले मुलुकका विभिन्न स्थानमा रहेका र दर्शनार्थीहरुको घुइँचो लाग्ने मठमन्दिर एवं शिवालयहरुको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारेर लगेको छ । प्रहरी प्रवक्ता कुँवरले पूजापाठ र धार्मिक गतिविधीका क्रममा कुनै पनि अप्रीय घटना हुन नदिन एवं सुरक्षामा कमजोरी आउन नदिन सबै धार्मिक तीर्थस्थलहरुमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा व्यवस्था मजवुत बनाइएको जानकारी दिए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

फोहोरमैला ब्यबस्थापन राजनीतिक प्राथमिकताको बिषय हुनुपर्छ: इयु राजदुत

फोहोरमैला ब्यबस्थापन राजनीतिक प्राथमिकताको बिषय हुनुपर्छ: इयु राजदुत

04/09/2024
नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना:निजी विद्यालयका लागि दसैँ,अभिभावकका लागि दशा

नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना:निजी विद्यालयका लागि दसैँ,अभिभावकका लागि दशा

05/05/2023
विश्वकपले दियो एक परीवारकोआँखामाआंसु:विश्वकप हेरेर अरू रमाइरहेछन् तर म रुन्छु मात्रै’

विश्वकपले दियो एक परीवारकोआँखामाआंसु:विश्वकप हेरेर अरू रमाइरहेछन् तर म रुन्छु मात्रै’

11/26/2022
तपाइँको फेसबुक, ह्वाट्सएप र जिमेल अरुले चलाइरहेको त छैन ? यसरी थाहा पाउनुहोस

तपाइँको फेसबुक, ह्वाट्सएप र जिमेल अरुले चलाइरहेको त छैन ? यसरी थाहा पाउनुहोस

10/05/2022
दुश्यन्त भट्टराईको जेल जिबन देखि सफल ब्यबसायिक यात्राको कथा

दुश्यन्त भट्टराईको जेल जिबन देखि सफल ब्यबसायिक यात्राको कथा

12/08/2021
होटलको सेटिङमा दैनिक ५ हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार

होटलको सेटिङमा दैनिक ५ हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार

07/27/2021

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist