• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना:निजी विद्यालयका लागि दसैँ,अभिभावकका लागि दशा

काेचिला खबर by काेचिला खबर
05/05/2023
in जीवनशैली
52
SHARES
238
VIEWS
Share on FacebookShare on Twitter

नयाँ शैक्षिक सत्रको सुरुवातलाई निजी विद्यालयहरूले दसैँको रूपमा लिन्छन् । वर्षभरीको आम्दानी तथा मनग्य नाफा कमाउने सिजनको रूपमा लिने गरेका छन् । विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै उनीहरू अभिभावकहरूबाट जति सकिन्छ धेरै पैसा लुट्नतिर लाग्छन् । विभिन्न बाहना बनाएर उनीहरूले अभिभावकको ढाड सेक्ने काम गर्छन् ।

यो समयमा निजी विद्यालयका सञ्चालक तथा प्रिसिन्सपलहरूका लागि दसैँजस्तै हुन्छ । तर अभिभावकहरूका लागि भने यो समय दशाजस्तै हुन्छ । एकातिर दशौँ हजार रूपैयाँ तिरेर छोराछोरीलाई विद्यालयमा भर्ना गराउनुपर्ने हुन्छ भने अर्कोतिर विद्यालयको बारेमा सानो केही कुरा गर्‍यो वा विद्यालयका बारेमा बोल्यो भने छोराछोरीलाई निकालिदिने धम्की सुन्नुपर्छ । जसले गर्दा अभिभावकहरू आर्थिक सँगसँगै मानसिक रूपमा समस्यामा पर्ने गरेका छन् ।

नयाँ शैक्षिक सत्रको बेला निजी विद्यालयहरू अभिभावकहरूलाई जति सकिन्छ लुट्ने प्रयासमा लाग्ने गरेको नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी बताउँछन् ।

नयाँ शैक्षिक सत्रमा आउने भनेको आर्थिक समस्या हो । भर्ना गर्दा किताब किन्नुपर्ने, कापी किन्नुपर्ने, ड्रेस किन्नुपर्ने, फिस तिर्नुपर्ने जस्ता कुराले अभिभावकलाई निकै आर्थिक भार बढाउँछ । विद्यालयका लागि दसैँ हुन्छ । अभिभावकका लागि दशा हुन्छ,’ अध्यक्ष भण्डारीले भने ।

अनेक शीर्षकमा शुल्क असुलिन्छ

नयाँ शैक्षिक सत्रको बेला निजी विद्यालयहरूले अनेक शीर्षकमा शुल्क असुल्ने गरेका छन् । कतिसम्म भने एउटै विद्यालयमा पढ्दै आएर माथिल्लो कक्षा चढ्दै गरेको विद्यार्थीलाई समेत प्रत्येक वर्ष भर्ना गराउनुपर्छ । जबकि एउटा विद्यालयमा एक पटक भर्ना भइसकेपछि त्यो विद्यालयको पढाइ नसकिँदासम्म भर्ना शुल्कको नाममा पैसा लिन पाइँदैन । तर निजी विद्यालयहरू अनेक बाहनामा शुल्क लिने गरेका छन् ।

निजी विद्यालयहरूले ट्युसन फी, दैनिक क्रियाकलाप शुल्क, कम्प्युटर शुल्क, मेन्टेनेन्स शुल्क, नयाँ भर्ना शुल्क, धरौटी, स्पेसल एक्टिभिटी शुल्क, लाइब्रेरी, परीक्षा शुल्क, साइन्स ल्याब शुल्क, स्काउट शुल्क, रिफन्डेबल डिपाेजिट, क्वालिटी कन्ट्रोल शुल्क, खाना र खाजा शुल्क लगायतका नाममा शुल्क उठाउँछन् ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

फोहोरमैला ब्यबस्थापन राजनीतिक प्राथमिकताको बिषय हुनुपर्छ: इयु राजदुत

फोहोरमैला ब्यबस्थापन राजनीतिक प्राथमिकताको बिषय हुनुपर्छ: इयु राजदुत

04/09/2024
विश्वकपले दियो एक परीवारकोआँखामाआंसु:विश्वकप हेरेर अरू रमाइरहेछन् तर म रुन्छु मात्रै’

विश्वकपले दियो एक परीवारकोआँखामाआंसु:विश्वकप हेरेर अरू रमाइरहेछन् तर म रुन्छु मात्रै’

11/26/2022
तपाइँको फेसबुक, ह्वाट्सएप र जिमेल अरुले चलाइरहेको त छैन ? यसरी थाहा पाउनुहोस

तपाइँको फेसबुक, ह्वाट्सएप र जिमेल अरुले चलाइरहेको त छैन ? यसरी थाहा पाउनुहोस

10/05/2022
दुश्यन्त भट्टराईको जेल जिबन देखि सफल ब्यबसायिक यात्राको कथा

दुश्यन्त भट्टराईको जेल जिबन देखि सफल ब्यबसायिक यात्राको कथा

12/08/2021
होटलको सेटिङमा दैनिक ५ हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार

होटलको सेटिङमा दैनिक ५ हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार

07/27/2021
औषधि ब्यब्सायी संघले आन्दोलन गरेपछि इटहरीको औषधि पसलको सिल खोलियो

औषधि ब्यब्सायी संघले आन्दोलन गरेपछि इटहरीको औषधि पसलको सिल खोलियो

06/03/2021

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist