• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

तपाइँको फेसबुक, ह्वाट्सएप र जिमेल अरुले चलाइरहेको त छैन ? यसरी थाहा पाउनुहोस

काेचिला खबर by काेचिला खबर
10/05/2022
in जीवनशैली
68
SHARES
307
VIEWS
Share on FacebookShare on Twitter

सोसल मिडिया साइट फेसबुक, मेसेजिङ एप ह्वाट्सएप तथा इमेल सर्भिस जिमेल आ आफ्नो क्षेत्रका सबैभन्दा लोकपि्रय प्लाटर्फमहरु हुन् । दैनिक करोडौँ मानिसहरुले फेसबुक, ह्वाट्सएप तथा जिमेल प्रयोग गर्दछन् । त्यसैले यी प्लाटर्फममा प्रयोगकर्ताको गोपनियताको सुरक्षाका लागि विभिन्न फिचरहरु राखिएको हुन्छ ।

आफ्ना यी इन्टरनेट अकाउन्टहरु निकै व्यक्तिगत हुने हुनाले अरु कसैले चलाओस् भन्ने चाहना कसैको हुँदैन । आफ्नो फेसबुक, ह्वाट्सएप तथा जिमेल कसैले लुकिछिपी खोलेर चलाइरहेको त छैन ? तपाइँले यो कुरा जान्न पनि सक्नुहुन्छ । यसका लागि ती प्लाटर्फममै सेटिंग्सको व्यवस्था गरिएको हुन्छ

जिमेलमा कसरी थाहा पाउने ?

यो जान्ने तरिका निकै सरल छ र धेरै समय पनि लाग्दैन । मोबाइल तथा कम्प्युटर दुबैबाट तपाइँले आफ्नो जिमेल अकउान्ट लगइन गरेर अरु कसैले प्रयोग गरिरहेको छ कि छैन ? भनेर थाहा पाउन सक्नुहुन्छ ।

सबैभन्दा पहिलो आफ्नो जिमेल अकाउन्ट लगइन गर्नुहोस् र त्यसपछि नेभिगेसन प्यानलबाट Security अप्सन छान्नुहोस् । त्यहाँ डिभाइसको प्यानल देखिनेछ । तपाइँले त्यहाँबाट af6 Manage all devices को अप्सन छान्न सक्नुहुन्छ । उक्त खण्डमा तपाइँले आफ्नो जिमेल अकाउन्टसँग जोडिएका सबै डिभाइसको सूचि देख्नुहुन्छ । यदि त्यो सूचिमा तपाइँले यस्ता डिभाइस पनि देख्नुभयो जसलाई तपाइँले जोड्नुभएको होइन र तपाइँको डिभाइस पनि होइन भने थाहा पाउनुहोस् तपाइँको जिमेल अकाउन्ट अरु कसैेले प्रयोग गरिरहेको छ । त्यहाँ Device Session का अप्सन देख्नुहुन्छ । तपाइँले त्यहाँबाट उक्त अनधिकृत डिभाइस क्ष्नल इगत गरेर हटाउन सक्नुहुन्छ ।

गुगलका अनुसार यस्तो अनधिकृत डिभाइस तपाइँको जिमेल अकाउन्टसँग जोडिएको देखिएमा त्यसलाई साइन आउट गरी जिमेलको पासवर्ड बदलिहाल्नुहोस् ।

फेसबुकमा यसरी थाहा पाउनुहोस्

फेसबुकमा पनि जिमेलमा जस्तै अप्सन छ जहाँबाट तपाइँले आफ्नो फेसबुक अकाउन्ट अरु कसैले प्रयोग गरिरहेको भए थाहा पाउन सक्नुहुन्छ ।

यसका लागि फेसबुकमा आफ्नो अकाउन्ट लगइन गर्नुहोस् । त्यसपछि टप मेन्यूमा रहेको Settings मा जानुहोस् । त्यहाँ तपाइँले Settings and Privacy को अप्सन देख्नुहुनेछ । त्यसमा क्लिक गरेसँगै तपाइँले Security and Ligin को अप्सन देख्नुहुनेछ । त्यसमा स्क्रल गरेर तल झरेसँगै Log Out logged in को अप्सनबाट तपाइँले आफ्नो फेसबुक अकाउन्ट कहाँ कहाँ लगइन भएको छ देख्न सक्नुहुन्छ । त्यहाँ तपाइँले ती सबै स्मार्टफोन तथा ल्यापटपको सूचि देख्न सक्नुहुन्छ जहाँ तपाइँको फेसबुक लगइन गरिएको हुन्छ । यदि त्यसमध्ये कुनपनि डिभाइसमा आफुले लगइन गरेको होइन भने त्यस्ता डिभाइसको नामसँगै भएको Log Out अप्सनमा क्लिक गरेर हटाइहाल्नुहोस् । त्यो सँगै आफ्नो फेसबुक अकाउन्टको पासवर्ड पनि परिवर्तन गर्नुहोस् र सम्भव भएमा टू फ्याक्टर अथन्टिकेसन पनि प्रयोग गर्न सक्नुहुन्छ ।

ह्वाट्सएपमा कसरी थाहा पाउने ?

ह्वाट्सएपको राम्रो कुरा के भने यो एप एकपटकमा केवल एउटा मात्रै मोबाइल फोनमा लगइन गर्न सकिन्छ । तर मल्टी डिभाइस सपोर्ट आएसँगै ह्वाट्सएप एकै पटकमा मोबाइल र कम्प्युटर दुबैमा प्रयोग गर्न सकिन्छ ।

पहिले मोबाइलमा इन्टरनेट नहुँदा ह्वाट्सएप वेबले पनि काम गर्दैनथ्यो । तर अहिले फोनमा नेटवर्क नहुँदा पनि ह्वाट्सएप वेब प्रयोग गर्न सकिन्छ । यस्तोमा यदि तपाइँको ह्वाट्सएप कसैले कम्प्युटरमा चलायो भने यसको बारेमा तपाइँलाई थाहा नै हुदैन। त्यस्तै केही यस्ता क्लोन एप हुन्छन् यदि कसैले तपाइँको फोन हात पार्यो भने ह्वाट्सएप वेबको लगइन एपका माध्यमबाट हात पार्दछ ।

तपाइँको ह्वाट्सएप कसैले चलाइरहेको त छैन ? यो जान्नका लागि ह्वाट्सएपको सेटिंग्स अप्सनमा गएर Linked Devices मा क्लिक गर्नुहोस् । त्यहाँ क्लिक गरेसँगै सूचि देखिन्छ जसमा तपाइँको ह्वाट्सएप कुन कुन डिभाइसमा लगइन छ भन्ने थाहा हुन्छ । यदि उक्त सूचिमा तपाइँका आफ्नो डिभाइस बाहेक अन्य अपरिचित डिभाइस पनि छ भने जान्नुहोस् तपाइँको ह्वाट्सएप अरु कसैले लगइन गरेर चलाइरहेको छ । त्यसैले तत्कालै उक्त डिभाइस लगआउट गर्ने अप्सनमा क्लिक गरी अपरिचित डिभाइस हटाइहाल्नुहोस् । एजेन्सी

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

फोहोरमैला ब्यबस्थापन राजनीतिक प्राथमिकताको बिषय हुनुपर्छ: इयु राजदुत

फोहोरमैला ब्यबस्थापन राजनीतिक प्राथमिकताको बिषय हुनुपर्छ: इयु राजदुत

04/09/2024
नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना:निजी विद्यालयका लागि दसैँ,अभिभावकका लागि दशा

नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना:निजी विद्यालयका लागि दसैँ,अभिभावकका लागि दशा

05/05/2023
विश्वकपले दियो एक परीवारकोआँखामाआंसु:विश्वकप हेरेर अरू रमाइरहेछन् तर म रुन्छु मात्रै’

विश्वकपले दियो एक परीवारकोआँखामाआंसु:विश्वकप हेरेर अरू रमाइरहेछन् तर म रुन्छु मात्रै’

11/26/2022
दुश्यन्त भट्टराईको जेल जिबन देखि सफल ब्यबसायिक यात्राको कथा

दुश्यन्त भट्टराईको जेल जिबन देखि सफल ब्यबसायिक यात्राको कथा

12/08/2021
होटलको सेटिङमा दैनिक ५ हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार

होटलको सेटिङमा दैनिक ५ हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार

07/27/2021
औषधि ब्यब्सायी संघले आन्दोलन गरेपछि इटहरीको औषधि पसलको सिल खोलियो

औषधि ब्यब्सायी संघले आन्दोलन गरेपछि इटहरीको औषधि पसलको सिल खोलियो

06/03/2021

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist