• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

विश्वकपले दियो एक परीवारकोआँखामाआंसु:विश्वकप हेरेर अरू रमाइरहेछन् तर म रुन्छु मात्रै’

काेचिला खबर by काेचिला खबर
11/26/2022
in जीवनशैली
105
SHARES
479
VIEWS
Share on FacebookShare on Twitter

कतारमा फुटबल भइरहेको छ रे ! त्यहाँ रंगशाला बनाउन रगत, पसिना बगाउँदा मेरो श्रीमान्‌को मृत्यु भयो । खेल हेरेर संसारका मानिस रमाइरहेका होलान्, म र मेरो परिवारका लागि यो रमाइलो कुरा रहेन । हामी त रुन्छौं मात्रै ।

सिर्मिता पासी, कतारमा मृत्यु भएका श्रमिक रामसागर पासीकी श्रीमती सिर्मिता पासी, कतारमा मृत्यु भएका श्रमिक रामसागर पासीकी श्रीमती

मेरो नाम सिर्मिता पासी । घर नेपालगञ्ज उप-महानगरपालिका वडा नं १७ । मेरा श्रीमान् रामसागर पासीको रोजगारीका लागि कतार पुगेका बेला २०७९ जेठ अन्तिम साता ‘हार्ट एट्याक’ भएर मृत्यु भयो ।

बिहान ८ बजेतिर कुरा गर्दा छाती दुखिरहेको छ भन्नुभएको थियो । मैले चेकजाँच गरेर औषधि खानु भनेकी थिएँ । हुन्छ भन्नुभएको थियो । त्यसपछि फोन आएन । एकै पटक १२/१ बजेतिर मृत्यु भयो भन्ने खबर आयो ।

के भएर मृत्यु भयो भन्दा ‘हार्ट अट्याक’ भएर भन्ने खबर आयो । हामीलाई त्यही मात्रै थाहा छ । त्यस बाहेक अरू केही थाहा छैन । मृत्युको खबर आएपछि मैले हारगुहार गरें । गाउँकै नेताहरूको पहलमा १०-१२ दिनपछि शव आयो । काम गर्ने कम्पनीले किरिया खर्चसम्म पनि दिएन ।
किरिया गर्नका लागि पनि ऋण नै खोज्नु पर्‍यो । इन्स्योरेन्सको १० लाख बल्ल हामीले पायौं । तर त्यो पैसा पनि मैले पाइनँ । श्रीमतीको बिश्वास हुँदैन, स-साना बच्चा छन्, भोलि बच्चा छोडेर अर्काे विवाह गरेर गई भने बच्चाको विचल्ली हुन्छ भनेर आफन्तहरूले बच्चाहरूकै नाममा बैंक खाता खोलेर राखिदिएका छन् ।

मेरा दुई बच्चा छन्, ९ वर्षकी अर्चना र ६ वर्षको अंकित । कच्ची घर बाहेक जग्गा-जमिन छैन । मैले अरूको खेतबारीमा ज्याला–मजदुरी गरेर गुजारा चलाउँदै आएकी छु । घर बनाउने र जग्गा किन्नका लागि पैसा जुटाउन श्रीमान् विदेश जानुभएको थियो ।

मासिक १० प्रतिशत ब्याजमा २ लाख ऋण दिएर जानुभएको थियो । सुरुमा जाँदा २ लाख ३० हजार खर्च लागेको थियो । छुट्टीमा आएर फेरि जाँदा पनि थप १ लाख लागेको थियो । श्रीमान्‌ले कतारमा ४ वर्ष नै लेबरको रूपमा काम गर्नुभयो । श्रीमान्‌ले काम गर्ने कम्पनीले कतारमा बिश्वकप फुटबलका लागि खेल खेलाउने ठाउँ बनाउने काम गथ्र्यो ।

नेपालबाट कतार पठाउने नेपालगञ्जमै एजेन्ट भएको लक्की म्यानपाबर कम्पनीले महिनाको १२÷१३ सय कतारी रुपैयाँ तलब हुन्छ भनेको थियो । तर, कतारमा पुगेपछि ६-७ सय मात्रै दियो । झन्डै दुई सालसम्म मासिक ६-७ सयमै काम गर्नुभयो । कमाइ नै कम भएका कारण विदेश जाँदा लिएको ऋण पनि तिर्न सकेनौं । ऋण लिएको २ लाखमा ब्याज माथि ब्याज थपिंदै गएर अहिले त ५-६ लाख पुगिसक्यो होला ।

मैले कत्ति पनि पढेकी छैन । मेरा बुवाआमाहरू धेरै नै गरिब हुनुहुन्छ त्यसैले हामीले पढ्नै पाएनौं । मैले पनि पढ्न पाइनँ । मेरा बच्चाहरूले राम्रोसँग पढ्न पाउन् भन्ने सोचेकी थिएँ ।

श्रीमान् विदेश गएर पैसा कमाएपछि बच्चालाई राम्रोसँग पढाउने, घर बनाउने र खेतीपातीका लागि जग्गा किन्ने सोच थियो । तर कमाउन गएका श्रीमान्‌को कतारमै मृत्यु भएपछि विदेश जाँदा लिएको ऋणसम्म तिर्न सकेकी छैन । श्रीमान्‌को मृत्यु भएसँगै सबै चाहना यत्तिकै भए ।

अहिले कतारमा फुटबल भइरहेको छ भन्ने सुनें । रंगशाला बनाउन मेरो श्रीमान्‌ले रगत–पसिना बगाउनुभयो । एउटा स्वस्थ मान्छे कतारमा काम गर्दागर्दै ‘हार्ट अट्याक’ हुने अवस्थामा पुग्नुभयो । मेरो श्रीमान्‌को मृत्यु भयो । रंगशाला पनि बन्यो । खेल हेरेर सारा मानिस रमाउँछन् होला तर म र मेरो परिवारका लागि रंगशाला र विश्वकप रमाइलो कुरा रहेन, हामी त रुन्छौं मात्रै ।

गरिब भए पनि आफ्नै देशमा मजदुरी, मिहिनेत गरेको भए हुने, न यति धेरै ऋण लाग्थ्यो न त श्रीमान् नै गुमाउनुपर्थ्यो । मैले श्रीमान्लाई विदेश पठाएर ठूलो गल्ती गरें । बिन्ती छ अरू कसैले पनि श्रीमान्, भाइ, छोरालाई विदेश नपठाउनुहोला । त्यहाँ ठगिने समस्या हुँदोरहेछ । अनि सरकारले पनि विदेशमा काम गर्ने मजदुरहरूको पीडा सुन्दो रहेनछ ।

(कतारमा मृत्यु भएका श्रमिक रामसागर पासीकी श्रीमती सिर्मिता पासीसँग पत्रकार कृष्ण अधिकारीले गरेको कुराकानीमा आधारित ।)

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

फोहोरमैला ब्यबस्थापन राजनीतिक प्राथमिकताको बिषय हुनुपर्छ: इयु राजदुत

फोहोरमैला ब्यबस्थापन राजनीतिक प्राथमिकताको बिषय हुनुपर्छ: इयु राजदुत

04/09/2024
नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना:निजी विद्यालयका लागि दसैँ,अभिभावकका लागि दशा

नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना:निजी विद्यालयका लागि दसैँ,अभिभावकका लागि दशा

05/05/2023
तपाइँको फेसबुक, ह्वाट्सएप र जिमेल अरुले चलाइरहेको त छैन ? यसरी थाहा पाउनुहोस

तपाइँको फेसबुक, ह्वाट्सएप र जिमेल अरुले चलाइरहेको त छैन ? यसरी थाहा पाउनुहोस

10/05/2022
दुश्यन्त भट्टराईको जेल जिबन देखि सफल ब्यबसायिक यात्राको कथा

दुश्यन्त भट्टराईको जेल जिबन देखि सफल ब्यबसायिक यात्राको कथा

12/08/2021
होटलको सेटिङमा दैनिक ५ हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार

होटलको सेटिङमा दैनिक ५ हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार

07/27/2021
औषधि ब्यब्सायी संघले आन्दोलन गरेपछि इटहरीको औषधि पसलको सिल खोलियो

औषधि ब्यब्सायी संघले आन्दोलन गरेपछि इटहरीको औषधि पसलको सिल खोलियो

06/03/2021

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist