• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुश्यन्त भट्टराईको जेल जिबन देखि सफल ब्यबसायिक यात्राको कथा

काेचिला खबर by काेचिला खबर
12/08/2021
in जीवनशैली
54
SHARES
246
VIEWS
Share on FacebookShare on Twitter

एलएन गच्छदार
ताप्लेजुङ्ग जिल्लाको फुलिंग नगरपालिका – ७ साबिक हाङ्देवा गाबिसमा बि.स. २०३९ पुष ८ गते जन्मिएका दुश्यन्त भट्टराईको बाल्यअवस्था हाङ्देवा बित्यो । सानैमा पुजा पाठमा रुचि राख्ने संस्कृति पढ्न झुकाव राख्ने व्यक्ति सोहि ठाउँको जनता माबिबाट एसएलसी पास गरी सिएमए पढ्न मोरंगको उर्लाबारी आए । बिबिध कारणले सिएमएमा नाम निकाले पनि चाहे अनुसारको संकायमा अध्ययन गर्न पाएन। अन्तमा उर्लाबारी बहुमुखी क्याम्पसमा मानविकी संकायमा भर्ना भएपछि बिधार्थी जिबन देखि राजनीति तर्फ लागे। बिस २०५६ सालमा १७ बर्षको उमेरमा राजेन्द्र पौडेल लगायतले अखिल क्रान्तिकारीमा प्रवेश गराएपछि स्ववियुको सदस्यमा समेत निर्बाचित भए।

संघर्ष र चुनौती पूर्ण अवस्थामा राजनितिक र शैक्षिक जिबनको सुरुवात गरे। एक जना दिदीको साइकल चढेर क्याम्पस जादाँ र साथीहरुले गिज्याएको अवस्था उनमा पुन: ताजर्गी अझै छ। पहाडबाट झरेर सादा जिबन उच्च बिचार र सालिन स्वभाबका व्यक्ति क्रान्तिकारी बिचारको राजनीति गर्दा गर्दै नेपाल प्रहरीको तगारो बन्न पुगे। बि.स २०५७ सालमा पथरीमा अशोक राईको सिनेमा हलमा अन्य सहपाठी संगै उनि ३६ दिन भूमिगत बस्नु पर्यो।

त्यसपछि उनि त्यहाँ बस्न अनुचित भएपछी पुन आफ्नो जन्म थलो फर्के र बिधार्थी जिबनको राजनीति गर्दै बिधार्थी संगठनको जिल्ला कमिटी समाल्दै राजनीतिक यात्रा अगाडी बढाए। तत्कालिन माओबादी पार्टीमा अग्रसर भएर काम गर्दै सब एरिया सेक्रेटरी समेत बन्न पुगे। बिस २०५८ साल मङ्सिर ११ गते पार्टी र संगठनको काम गर्दा गर्दै उनि गिरफतारी हुन् पुग्यो। संकटकालिन अबस्थामा हिरासतमा चरणम यातना समेत भोग्न पुग्यो। असहय पिडा संगै उनले आफुलाई बिरेन्द्र चौकमा गोलि हानेर मार बन्द कोठामा मार्ने आधिकार छैन भनेर चित्कार गर्दा मानबअधिकार बादी एकजना प्रजापति काफ्ले थरको कानमा पुगेपछि यसरी याताना दिनु हुदैन भनेर मानबअधिकारबादीको सहयोगमा उनको यातना कम भयो। ४ दिनको हिरासत पछि उनलाई १८ महिना जेलमा बस्नु पर्यो। उनको बुवा शेषराज भट्टराईको निधन हुँदाको बखत बुवाको मुख समेत हेर्न पाएन्न।

जेल भित्र अनसन, धर्नाको कार्यक्रम गर्दै शान्ति सम्झौता पछि २०६० साल बैशाख २९ गते रिहा भयो। त्यसपछि पार्टीको संगठनमा आबद्ध रहदै ताप्लेजुङ्ग जिल्ला बिधार्थी संगठनको सचिब हुदै जिल्ला संयोजक हुदैं पार्टीको भौगोलिक क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गरे। संबिधान सभा सदस्य संनच पाल मादेनलाई जिल्ला नेतृत्व बनाउने बिषयमा बिबाद हुँदा नेकपा माओबादीको सेनामा प्रवेश गरे। त्यहाँ उनी ब्यारेकबाटै मास्टर डिग्री समेत हासिल गर्दै ब्यारेकको बिग्रेट कार्यालय सचिब हुँदै बटालियन कमान्डर समाल्दै स्वेच्छिक अवाबकास लिए। सिता करारिया रक्षासंग उनको भेट सशस्त्र द्धन्दकालमै भयो र २०६३ सालमा उनको जनबादी बिबाह सितासंग भयो।

त्यसपछि २०६९ सालमा मोरंग जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा -४ साबिक दुलारी गाबिसमा आएपछि सुनसरी जिल्लाको नेकपा माओबादी पार्टीको जिल्ला कमिटी सदस्य रहेर काम गरे। त्यसपछि आफ्नै भूगोलमा काम गर्छु भनेर मोरंगको नेकपा माओबादीको अधिबेशनमा पराजय भोग्न पुगे। राजनीति जिबन संगै ब्यबसायिक सफलता प्राप्त गर्न ब्यबसाय गर्छु भन्ने भाबना उनमा पैदा भयो।

आमासंगै बस्दै आएका भट्टराई परिवारको साथ र सहयोगले लामो समय सम्म अटो पाटर्सको काम गर्दै गरेका उनका दाजु राज भट्टराई अभिभाबकत्व भूमिका खेल्दै ट्याक्टर अटो पाटर्सको ब्यबसाय तर्फ लाग्न सुझाब दिए। दाजुले आफ्नो नामको जग्गा दिएर बैंकबाट ऋण काढेर ८ लाख देखि ब्यबसाय सुरु गरे।

दाजुको प्रेरणाबाट ५ बर्षको अन्तरालमा अथक मेहनत गर्दै अहिले करोडौंको लगानीमा ब्यबसाय संचालनमा छन्। उनी कहिल्यै मालिक हुँ भन्ने भावना नरहेको कर्मशील युवा हुन्। अहिले आफु संगै ५ जना प्रयक्ष रोजगारी सृजना गरेका छन्। उनको ३ तल्ला भवन भित्र माथि सम्म ट्याक्टर र अटो पाटर्स भरिभाराउन छन। लहान देखि पुर्व इलाम सम्म र प्रदेश १ का सबै जिल्लामा उनको कारोबार छन। १ सय भन्दा बढी होलसेलर ग्राहक छन्। उनी प्रदेश १ कै सफल उद्धमी व्यवसायीको ज्वलन्त उदाहारण समेत बनेका छन्। आफ्नी धर्म पत्नीको समेत उतिकै माया र साथ् पाएका छन्।

अर्को तर्फ भने कर्म गरि खाने सबै संग मिलासार व्यक्ति र पार्टीको हरेक क्रियाकलाप देखि सामाजिक क्षेत्रमा उतिकै चर्चामा रहेका छन्। भरखरै सुन्दहरैंचामा सम्पन्न नगरको नेकपा माओबादी केन्द्रको एतिहासिक अधिबेशनबाट भट्टराई निर्बिरोध नगर कमिटी अध्यक्षमा चयन भएका छन्। यस अघि नेकपाको एकता हुँदा नेताहरुसंगको सक्रियता देखाउदै सुन्दरहरैंचाको नगर सचिब समेत समालेका थिए। दुष्यन्त भट्टराईबाट संघर्ष र प्रेरणाको पाठ समेत सिक्न सकिन्छ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

फोहोरमैला ब्यबस्थापन राजनीतिक प्राथमिकताको बिषय हुनुपर्छ: इयु राजदुत

फोहोरमैला ब्यबस्थापन राजनीतिक प्राथमिकताको बिषय हुनुपर्छ: इयु राजदुत

04/09/2024
नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना:निजी विद्यालयका लागि दसैँ,अभिभावकका लागि दशा

नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना:निजी विद्यालयका लागि दसैँ,अभिभावकका लागि दशा

05/05/2023
विश्वकपले दियो एक परीवारकोआँखामाआंसु:विश्वकप हेरेर अरू रमाइरहेछन् तर म रुन्छु मात्रै’

विश्वकपले दियो एक परीवारकोआँखामाआंसु:विश्वकप हेरेर अरू रमाइरहेछन् तर म रुन्छु मात्रै’

11/26/2022
तपाइँको फेसबुक, ह्वाट्सएप र जिमेल अरुले चलाइरहेको त छैन ? यसरी थाहा पाउनुहोस

तपाइँको फेसबुक, ह्वाट्सएप र जिमेल अरुले चलाइरहेको त छैन ? यसरी थाहा पाउनुहोस

10/05/2022
होटलको सेटिङमा दैनिक ५ हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार

होटलको सेटिङमा दैनिक ५ हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार

07/27/2021
औषधि ब्यब्सायी संघले आन्दोलन गरेपछि इटहरीको औषधि पसलको सिल खोलियो

औषधि ब्यब्सायी संघले आन्दोलन गरेपछि इटहरीको औषधि पसलको सिल खोलियो

06/03/2021

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist