दुहबी / जवरजस्ती करणी उद्योग मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतबाट मिति २०७०।११।०४ गतेको फैसला आदेशले २ वर्ष ८ महिना ५ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी जिल्ला सुनसरी दुहवी न.पा. वडा न. ६ वस्ने वर्ष ३० को विनोद ठाकुरलाई यस कार्यालयवाट खटीएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा मिति २०८१।०१।१८ गते साझको अ. १८:२० बजेको समयमा जिल्ला सुनसरी दुहवी न.पा. वडा न. ६ स्थितमा फेला पारी पक्राउ गरी फैसला कार्यन्वयनको लागी आजै मिति २०८१।०१।२० गते सम्मानित सुनसरी जिल्ला अदालतमा उपस्थित गराईएकोमा सम्मानित सुनसरी जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागी कारागार कार्यालय झुम्का सुनसरी पठाईएको ।