दुहबी / सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ स्थित रहेको श्री सरस्वती मा.बि. एसईईको परिक्षा केन्द्रबाट आइतबार अनिवार्य गणित विषयको प्रश्नपत्र आउट हुँदा गढी १ स्थित रहेको कामख्या बोडिङ स्कुलका कार्यालय सहयोगि मनोज चौधरी ६५ थान चिट सहित पक्राउ परेको समाचार विभिन्न संचार माध्यममा सम्प्रेशन भएको थियो ।
संचार माध्यमले प्रश्नपत्र आउट र चिटको थुप्रो सहित का.स . पक्राउ परेको समाचार लेखेको रिसको झोकमा सो विद्यालयका प्रधान अध्यापक तथा परिक्षा केन्द्र अध्यक्ष रामकुमार चौधरीले आज संचारकर्मिहरु लाई रिपोर्टिङमा अवरोध गर्न खोजेका थिए ।
संचारकर्मिहरु लाई रिपोर्टिङमा किन अबरोध गर्न खोजेको भन्दै जिल्ला विकास तथा समन्वय इकाई, सुनसरी (जिल्ला शिक्षा कार्यालय )प्रमुख खगेन्द्र प्रसाद सुवेदी सँग फोन सम्पर्क गर्दा प्र.अ.रामकुमार चौधरीले रिपोर्टिङमा सहज बनाएका थिए ।
प्रश्नपत्र आउट भई रंगेहात पक्राउ परेका मनोज चौधरी बारे तत्कालै निर्णय लिन गढि गाउँपालिका शिक्षा प्रमुख छबि खडकाको उपस्थितीमा बैठक बसि चौधरी लाई माफ मात्रै मगाई कुनै कारबाही नगरि त्यसै छाडिएको थियो ।
६५ थान चिटको थुप्रो खोलेर हेर्दा गढी गाउँपालिकाका शिक्षा प्रमुख छबि खडकाले प्रश्न पत्र आउट भएको हुन सक्ने अभिब्यक्ति दिंदा समेत पक्राउ परेका चौधरीलाई कारबाही नगरि त्यसै छाडिनु शंकास्पद एवं रहस्यमय रहेको स्थानीयहरुको चासो र गुनासो रहेको छ ।
सो चिटको थुप्रो सहित पक्राउ परेको विषयमा आज प्रहरी चौकि अौराबनिका प्रमुख रामनारायण माझिले खुलासा गर्दै प्र.अ.रामकुमार चौधरीले गेटमा मान्छे सहितको चिटको थुप्रो चेक जाँच गर्ने विषयमा कुनै सूचना आदेश नदिएको दावी गर्दै सुरक्षाकर्मि लाई शंका लागेपछि चेक जाँच गर्दा खाजाको झोलामा ६५ थान चिटको थुप्रो भेटीएको बताए ।
प्र.अ.रामकुमार चौधरीले आफुले सूचना दिएपछि ६५ थान चिट सहित मनोज चौधरी पक्राउ परेको संचारकर्मीलाई बताएका थिए । का.स.पक्राउ पर्दा गढी १ मधेलीको मजदुर किसान मा.वि.का प्र.अ. आशाराम माझी परिक्षा केन्द्रमा २ घण्टा देखि प्र.अ.रामकुमार चौधरीसँग कार्यालयमा बसेको विषयमा प्रहरीले आशाराम माझीलाई केहिबेर नियन्त्रणमा लिएर सोधपुछ गरेको विषय शंकास्पद, रहस्यमय एवं खोजीको विषय भएको
छ । परिक्षा केन्द्र भित्र २ घण्टा कसरी असम्बन्धित ब्यक्ति बस्यो त्यो अनुसन्धानको विषय बनेकोले सरोकारवालाहरुलाइ ध्यानाकर्षण हुन जरुरी रहेको जानकारहरु बताउँछन् ।