• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

कोशी प्रदेशका अस्पतालहरूमा रगतको हाहाकार रगतकै कारण बिरामीले सहज उपचार पाउने वातावरण छैन

काेचिला खबर by काेचिला खबर
04/20/2024
in FEATURE, स्वास्थ्य
53
SHARES
243
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर / कोशी प्रदेशका अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरूलाई रगत हाहाकार भएको छ । तत्काल रगत चाहिने बिरामीले पाउन सकिरहेका छैनन् । सबै समूहका रगतको मौज्दात सकिएको प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका प्रमुख एवं रक्तसञ्चार सेवा अधिकृत शिवानन्द यादवले बताए ।

उनका अनुसार रगतको अभाव हुँदा दुर्घटनाका घाइते, शल्यक्रिया गर्नुपर्ने बिरामी, गर्भवती, सुत्केरी, दीर्घ रोगी र नियमित रगत आवश्यक पर्ने बिरामीहरू मर्कामा परेका छन् । ‘स्वास्थ्य संस्थामा रगत आवश्यक पर्ने बिरामीको चाप बढ्दो छ । माग अत्यधिक छ,’ यादवले भने, ‘तर, आपूर्तिलाई सहज बनाउन सकिएन । सबैतिर अभाव खड्किएको छ ।’

माग अनुसारको आपूर्ति गर्न नसक्दा रगतकै कारण बिरामीले सहज उपचार पाउने वातावरण नबनेको जानकारी उनले दिए । रगतको संकट टार्नलाई रक्तदानको नियमित व्यवस्थासमेत नभएको जानकारी यादवले दिए ।

उनका अनुसार वैशाख लागेपछि संस्थागत हिसाबले रक्तदान हुन नसकेर रगत सङ्कलनमा कमी भएको छ । बिरामीका आफन्त, सम्पर्कमा आएका व्यक्ति र स्वयंसेवी रक्तदाताबाट मुस्किलले रगतको व्यवस्था गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । प्रदेशमा दैनिक करिब दुई सय पिन्ट रगतको माग रहेको र आपूर्ति भने ५० प्रतिशत जति पनि हुन नसकेको उनले बताए ।

‘कोशी प्रदेशमा १० वटाजति ब्लड बैंक छन्,’ यादवले भने, ‘सबैमा अभाव हुँदा रगतको माग धान्न मुस्किल परिरहेको छ ।’ नियमित रगत चाहिने बिरामीले समेत पाउन नसकेको बताउँदै उनले आपूर्ति सहज बनाउने उपायको खोजी भइरहेको उल्लेख गरे । कोशी प्रदेशका स्वास्थ्य संस्थामा कोशीसहित मधेस प्रदेश र भारतबाट बिरामी आउँछन् ।

बिरामीले रगतका लागि आफन्त, सम्पर्कमा भएका व्यक्ति र सुरक्षाकर्मीको भर पर्नुपर्ने अवस्था छ । रगत अभावका कारण बिरामीलाई बचाउन मुस्किल परिरहेको यादव बताउँछन् । उनका अनुसार विभिन्न तीन सय जति सङ्घ संस्थाले वार्षिक कार्यक्रम बनाएरै रक्तदान कार्यक्रम गर्ने गरेका छन् । तर, अहिले सार्वजनिक हिसाबले रक्तदान नभएका कारण पर्याप्त रगत उपलब्ध गराउन नसकिएको उनले बताए ।

पछिल्लो समय रगतका लागि बिरामीले सुरक्षाकर्मीको भर पर्नुपर्ने अवस्था छ । रगतको संकट सुरक्षाकर्मीले टार्दै आएका छन् । कतै नपाएर आपत परेका बेला बिरामीका आफन्तले रगतका लागि सुरक्षाकर्मीलाई सम्झने गरेका हुन् । रगतको अपेक्षा गरेर बिरामीका आफन्त नेपाली सेना, नेपाल र सशस्त्र प्रहरीलगायतका निकायको सम्पर्कमा पुग्ने गरेका छन् । सुरक्षाकर्मीले रगत दिएर कतिपय बिरामीको ज्यान बचाइरहेका छन् ।

‘रगत चाहियो भनेर धेरै फोन आउने गरेको छ,’ सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी अन्जनीकुमार पोखरेल भन्छन्, ‘मिल्दोजुल्दो समूहको रगत भएकालाई तत्काल बिरामीका आफन्तको सम्पर्कमा पठाएर उपलब्ध गराउने गरिएको छ ।’

विभिन्न अवसर पारेर पनि सुरक्षा निकायले रक्तदान कार्यक्रम गर्ने गरेको उनले बताए । एकै ठाउँमा ठूलो संख्या र समूहमा बस्ने भएकाले तत्काल पाउन सकिने हुँदा सुरक्षाकर्मीसँग सर्वसाधारणले रगतका अपेक्षा गर्ने गरेको पोखरेल बताउँछन् ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

07/17/2025
विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

07/06/2025
दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

07/05/2025
दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

06/29/2025
सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

07/02/2025
अष्ट्रेलियामा रियल स्टेट क्षेत्रमा नेपालीहरुको उत्कृस्ट छलाङ्ग ; एस. बि. ए. ग्रुपले क्लाइन्टको मन जित्दै

अष्ट्रेलियामा रियल स्टेट क्षेत्रमा नेपालीहरुको उत्कृस्ट छलाङ्ग ; एस. बि. ए. ग्रुपले क्लाइन्टको मन जित्दै

05/25/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist