दुहबी / सुनसरी र मोरङको दुई पालिकामा माटो कारोबारीको रज गज भएको देखिन्छ ।
बिगत लामो समय देखि यी दुई जिल्लाको विभिन्न पालिकाहरुमा भु माफिया ( माटो कारोबार गर्नेको रजगज देखिन्छ ।
यी माटो कारोबारीहरुको ठूलो ग्रिहो रहेको स्रोतको दाबी छन ।
स्रोतअनुसार जिल्ला देखि केन्द्रिय स्तरका केही राजनीति दलका नेताहरुको समेत छत्र छायांमा कानुन मिचेर मापदण्ड बिपरीत
अवैधरुपमा विभिन्न खोला , नहर , कुलो सार्वजनिक जग्गा लगायत ठाउँहरुमा माटो उत्खनन गरी लाखौंको माटो बेच्ने गरेको पाईएको छ ।
यता केही दिन देखि दुहबी नगरपालिका वडा नम्वर ३ र बुढीगंगा गाउँपालिका वडा नम्बर ६ को सिमानामा रहेको दुहबी नगर क्षेत्र भित्र पर्ने बुढीखोलामा अवैधरुपमा खोला दोहन गरी माटो कारोबारीहरुले लाखौंको माटो बेच्दै गरेको देखा परेका छन ।
बुढीखोलाको धारनै परिवर्तन हुँनेगरि बुढीखोलामा डोजर लगाएर ठाउँ–ठाउँमा गहिरो भंगालो बनाउँदा समेत सरोकारवालाहरु बेखवर रहेको पाइएको छ । बस्ती छेवमा रहेको बुढीखोलामा डोजर लगाएर खोला उत्खनन हुँनेगरि अवैधरुपमा गहिरो भंगालो बनाउँदा समेत कसैले वास्ता नगरेको स्थानियहरु बताउँछन । सो ठाउँमा गहिरो भंगालो बनाइ नदि उत्खनन गर्ने गरेको र सयौंको संख्यामा ट्रयाक्टर र टिपरबाट माटो लाने गरेको पाइएको छ।
खोला भित्र र खोलाको किनारमा मा कारोवारीहरुले डोजर लगाएर गहिरो भंगालो बनाइ उत्खनन गर्दा समेत कसैले रोक्ने प्रयास गरेको छैन । प्रारिम्भक वातावरणीय परिक्षण प्रतिवेदन विपरित पुरै वस्ती र नदि छेवछावका नम्बरी जग्गालाइ जेखिम पार्ने हिसाँवले खोलाको प्राकृतिक बहावको छेवछावमा अवैधरुपमा उत्खनन भइरहेको भएपनि कसैले न रोक्दा त्यसमा मिलोमतो हुँनसक्ने स्थानियको आशंका छ।
उता अवैधरुपमा बुढी खोला दोहन गरी लाखौंको माटो बेच्दै आएको सुचना पाए लगतै दुहबी प्रहरीले माटो बोक्ने को १ ख ५०२८ र प्र .१-०२-००१ क ४३२४ नम्बर भएको दुई वटा हाईवा ट्रक नियन्त्रणमा लिएर भोलि पल्ट छाडिएका थिए ।
स्थानिय तहले खोलाको प्राकृतिक बहावको दायाँ र बायाँ तिनसय मिटर ऐलानी र नम्बरी जग्गाको माटो उत्खनन गर्न न पाइने ब्यवस्था छ।
यता सो विषयमा ईलाका प्रहरी कार्यालय दुहबीका प्रमुख मोहन पोखरेल सँग बुझ्दा सिमा बिवाद नटुङ्गेल सम्म खोला उत्खन्न गर्न हाल लाई रोक्न लगाईएको बताएका छन ।