जयकृष्ण यादव ।
इनरुवा / सुनसरीको झुम्का कारागार भित्र एक कैदीको मृत्यु भएको छ । सनिबार विहान ३ बजेको समयमा कतव्र्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका खोटागंको साकला गाउँपालिका घरभई इटहरी उपमहानगरपालिका ४ मा डेरा बस्दै आएका ४२ वर्षिय न्यायधिश राईको करागार भित्र मृत्यु भएको हो ।
राईका आफन्तहरुले करागारभित्रै कुटेर हत्या गरेको आरोप लगाएको छ । मृतक न्यायधिशका दाई सुभाष राईले कारागारमा भाईको हत्या भएको दावी गर्नुहुदै घटनाको छानविन गर्नुपर्ने माग गर्नुभएको छ ।
राईका भाउजुले देवर न्यायधिशको शरिरभरी निलडाम रहेको, कान सुनिएको र चोट देखिएकाले आफै कालगतीले नभई कारागारभित्रै कुटेर हत्या गरेको दावी गर्नुभएको छ ।
उता झुम्का कारागार प्रमुख धुब्र कोईरालाले जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको दावी गर्नुभएको छ । स्वास्शमा समस्या रहेकोले उपचारका लागि जिल्ला अस्पताल सुनसरीमा उपचारको लागि भर्ना गरेको र सोही क्रममा मृत्यु भएको प्रतिकृया दिनुभएको छ ।
यसैबीच मृतकका आफन्तले कारागार भित्रै हत्या गरेको र करागार प्रमुखले उपचारको क्रममा मृत्यु भएको दावी गरेपनि जिल्ला अस्पताल सुनसरीका प्रमुख श्रेया पंगेनीले राईलाई अस्पताल आउनुअघि नै मृत्यु भईसकेको अवस्थामा ल्याएको प्रतिकृया दिनुभयो ।
पीडित पक्षले न्याय र क्षतीपुर्ती नदिएसम्म शवको पोष्टमार्टम गर्न नदिने र शव नबुझने अडान लिएको छ । शव इनरुवा अस्पतालमा राखिएको छ ।
आमाको हत्या गरेको आरोपमा बुवा कारागारमा रहेकोमा कारागार भित्रै मृत्यु भएपछि ८ वर्षिया छोरी मेलिना राई र १४ वर्षिय छोरा मिलन राई आमाबुवा विहिन बन्नुभएको छ ।
झुम्का कारागार भित्र मृत्यु भएका कैदी खोटागंको साकला गाउँपालिका घरभई इटहरी उपमहानगरपालिका ४ मा डेरा बस्दै आएका थिए ।