दुहबी/रास्ट्रिय स्तरको अन्डर १६ राष्ट्रिय क्रीकेट प्रतियोगितामा सहभागी हुन कोशी प्रदेशको क्रीकेट टोलि धनगढीकालागि प्रस्थान भएका छन् । धनगढीमा आजदेखि सुरु भएको रास्ट्रिय स्तरको क्रीकेट प्रतियोगिताकालागि कोशी प्रदेशको ५ जिल्ला सुनसरी, मोरङ, झापा, उदयपुर र ईलामको टिमबाट खेलाडी छनौट गरिएको थियो ।
आज दुहबीमा एक कार्यक्रमकाबिच छनौट भएका अन्डर १६ क्रीकेट खेलाडीहरुलाइ अन्तर्राष्ट्रिय क्रीकेट एम्पायर शिरिस उपाध्याय, नेपाल क्रीकेट संघ कोशी प्रदेशका सल्लाहकार जिबन दास, नेपाल क्रीकेट संघ कोशी प्रदेशका सदस्य
एवं छनौट समितिका संयोजक सुमेस साह, पुर्व खेलाडी आनन्द साह, दिवाकर पौडेल लगायतले फुलमाला खादा अविर लगाइ स्तरीय खेल खेल्न शुभकामना दिदैं स-सम्मान बिदाई गरेका थिए । टिम म्यानेजर नेपाल क्रीकेट संघ कोशी प्रदेशका सदस्य अजय राजवंसि र टिम कोच लाक्पा लामा रहने कोशी प्रदेशको क्रीकेट टोलिको म्याच यहि बैशाख १२ गते हुने जनाइएको छ ।