दुहबी/ सुनसरीको दुहबी नगरपालिकाकि उपमेयर मेनुका पोखरेल खतिवडाको संयोजकत्वमा रहेको अनुगमन समितिले स्वास्थ्य संस्थाको दर्ता संचालन अनुमति न भएको दुहबी ३ स्थितमा रहेको दुहबी सिटि हस्पिटलको सम्पुर्ण सेवा र दुहबी ४ स्थितमा रहेको पिपुल्स सामुदायिक स्वास्थ्य सेवा प्रालीको फार्मेसी सेवा वाहेकको सम्पुर्ण सेवा बन्द गराएको छ।
दुहबी नगरपालिका भित्र आज गरिएको अनुगमनमा दुहबी ३ स्थित रहेको इजि केयर स्वास्थ्य सेवा प्रालीलाई भने भौतिक पुर्वाधार लगायतको काम पूरा न गरेकोले यथास्थितीमा अनुमतिकोलागि नविकरण न गराइने दुहबी स्वास्थ्य शाखा प्रमुख बिन्देश्वर महतोले जनाए।
अनुगमनको क्रममा दुहबी ३ स्थितमा रहेको सुनसरी सामुदायिक अस्पतालमा दर्ता अनुमती दुरुस्त पाइएको थियो भन्र केही सामान्य कुरा सुधार गर्नु पर्ने पक्ष देखिएकोले सुधार गर्न निर्देशन दिइएको थियो। अनुगमनमा उपमेयर मेनुका खतीवडाको संयोजकत्वमा भएको अनुगमनमा जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रतिनिधि,दुहबी नगरपालिका स्वास्थ्य शाखा लगायतका कर्मचारी,उद्योग बाणिज्य संघ दुहबीका प्रतिनिधि संचारकर्मी लगायतको सहभागिता रहेको थियो।