भाग १
दुहबी / सुनसरी जिल्लाको दुहबी नगरपालिका वडा नम्बर ६ मा रहेको श्री पंचायत निम्न माध्यमिक विद्यालयको अवस्था दयनीय बनेको छ ।
१६ बिगाहा भन्दा बढी जग्गा रहेको र दुहबीकै सबैभन्दा धनी विद्यालयका रूपमा चिनिने उक्त विद्यालयमा आजसम्म पर्याप्त भौतिक पूर्वाधार र व्यवस्थित कक्षा कोठाको अभाव देखिएको छ ।
विद्यालयमा अध्ययनरत सयौं विद्यार्थीहरू पर्याप्त कक्षा कोठा नहुँदा बरण्डा, खुला स्थान तथा साँघुरा कोठामा बसेर अध्ययन गर्न बाध्य छन् । गर्मीयाममा अत्यधिक गर्मी, वर्षायाममा पानी चुहिने समस्या तथा जाडो मौसममा चिसोका कारण बालबालिकाको पठनपाठन प्रत्यक्ष प्रभावित हुने गरेको अभिभावकहरू बताउँछन् ।
विद्यालयको भवन पुरानो तथा जीर्ण अवस्थामा रहेको देखिन्छ । कतिपय कक्षा कोठाका छाना कमजोर भएका छन् भने भित्ता चर्किएको अवस्था समेत रहेको स्थानीयको भनाइ छ ।
कक्षा कोठामा विद्यार्थीहरु लाई पढाउने लिखाउन सिकाउने
बोर्ड समेट फुटेर जिर्ण अवस्थामा देखिन्छ ।
विद्यालयसँग करोडौं मूल्य बराबरको जग्गा र सम्पत्ति भए पनि त्यसको उचित व्यवस्थापन र पूर्वाधार विकास हुन नसकेको भन्दै स्थानीयवासीले प्रश्न उठाएका छन् ।
स्थानीय अभिभावकका अनुसार विद्यालयको नाम ठूलो भए पनि व्यवहारमा विद्यार्थीहरूले न्यूनतम शैक्षिक सुविधा समेत पाउन सकेका छैनन् । “यति ठूलो सम्पत्ति भएको विद्यालयमा बालबालिकाले बरण्डामा बसेर पढ्नुपर्ने अवस्था दुःखद हो,” एक अभिभावकले गुनासो गरे ।
विद्यालयमा अध्ययन गर्ने बालबालिकाको संख्या हरेक वर्ष बढ्दै गए पनि त्यसअनुसार कक्षा कोठा निर्माण र व्यवस्थापन हुन नसकेको बताइएको छ ।
जसका कारण एउटै कोठामा धेरै विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता रहेको शिक्षकहरू बताउँछन् । कतिपय समयमा बाहिर खुला स्थानमै कक्षा सञ्चालन गर्नुपर्ने अवस्था आउने गरेको उनीहरूको भनाइ छ ।
स्थानीय सरोकारवालाहरूले विद्यालय व्यवस्थापन समिति, नगरपालिका तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै तत्काल नयाँ भवन निर्माण, पुराना संरचनाको मर्मत तथा व्यवस्थित शैक्षिक वातावरण निर्माण गर्न माग गरेका छन् ।
शिक्षा क्षेत्रमा करोडौं बजेट खर्च भइरहेको दाबी गरिए पनि वास्तविक रूपमा सरकारी विद्यालयको अवस्था भने अझै सुधार हुन नसकेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।
बालबालिकाको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले विद्यालयको भौतिक अवस्था सुधार गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण तत्काल तयार गर्नुपर्ने स्थानीयको माग छ ।
सो बिसयमा विद्यालयका प्रा.अ . जितेन्द्र प्रसाद साह संग बुझ्दा बजेट अभावको कारण कक्षाकोठा प्रयाप्त नभएको बताउदै पंछीए ।





