बर्दियाको गुलरियामा भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोबासीले डोजर आतंक बन्द गर भन्दै सरकारविरुद्ध प्रदर्शन गरेको छन्।
सोमबार बिहानदेखि हल्का पानी परेको भए पनि गुलरियाका भूमिहीन, सुकुम्बासी अव्यवस्थित बसोबासीले सरकारविरुद्ध नाराजुलुस गरे। विगतदेखि बस्दै आएको ठाउँबाट उठाउन खोजेको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन्।
सामुदायिक वन क्षेत्रभित्र पर्ने कोठियाघाट, माचडचोक, संगमबस्ती, खुरखुरेफाँटा, रामबस्ती, अमर महिला सामुदायिक वनलगायत जिल्लाभर रहेका सामुदायिक वन क्षेत्रमा बनाइएको घरटहरा, खेती गरेको ठाउँ खाली गर्न डिभिजन वन कार्यालयले १५ दिने सूचना जारी गरेको थियो।





