• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

काेचिला खबर by काेचिला खबर
04/15/2026
in FEATURE, मुख्य
42
SHARES
189
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ / पूर्वराजा ज्ञानेन्द्र शाहले पुस अन्तिम साता यता तीन वटा भिडियो सन्देश जारी गरे । पृथ्वी जयन्ती (पुस २७), प्रजातन्त्र दिवस (फागुन ७) र नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा उनले जारी गरेको तीन वटै भिडियो सन्देशमा एउटा समानता छ, त्यो हो– ‘श्री ५ महाराजाधिराज’ को हैसियत ।

स्मरणीय छ, देशमा गणतन्त्र आएको १८ वर्ष पुग्न लागिसक्यो र गणतन्त्र आएसँगै उनले आफूलाई महाराजाधिराजको पगरी गुथ्छन् भने त्यो गैरकानुनी हो । तर, उनले आफूलाई गर्वका साथ सोही पगरीमा प्रस्तुत गर्दै पछिल्ला दुई भिडियोमा वर्तमान व्यवस्थालाई दुत्कारेका थिए ।

यो समानताबाहेक अर्कोतर्फ पछिल्लो दुई भिडियोमा चाहिँ उनी राजनीतिक रूपमा अर्थपूर्ण र फरक ढङ्गले प्रस्तुत भएका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा जारी गरेको भिडियो सन्देशमा उनले फागुन २१ को चुनावको औचित्यमाथि नै प्रश्न उठाएका थिए । प्रजातान्त्रिक प्रणालीमा जनताका प्रतिनिधि छनोटका लागि हुने आवधिक निर्वाचनलाई एक स्वाभाविक प्रक्रिया मान्न सकिए पनि त्यसअघि राष्ट्रिय समस्याहरूको समाधान हुनुपर्ने उनको धारणा थियो ।

उनले भनेका थिए, ‘अहिलेको आम जनभावना चुनावमा जानुअघि मुलुकका विद्यमान राष्ट्रिय समस्याहरूको समाधान हुनुपर्छ ।’ साथसाथै उनले निर्वाचनमा जानुअघि राष्ट्रिय सहमति हुनुपर्ने र सबै पक्षलाई समेटेर लैजाने समझदारी बन्नुपर्नेमा समेत जोड दिएका थिए

चुनावको विरोध गर्ने क्रममा पूर्वराजा ज्ञानेन्द्रले वर्तमान राजनीतिक दलहरूको सत्ता केन्द्रित कार्यशैली र प्रवृत्तिको कडा आलोचना थिए । दलहरूले देशलाई निकास दिनुको साटो केवल भागबन्डा र वैदेशिक प्रभावमा अल्झाएको उनको आरोप थियो । दलहरूमा आलोपालो भाग लगाएर खाऔँ भन्ने सोच हाबी भएको र त्यसले मुलुकलाई नयाँ गति दिन नसक्ने दाबी उनले गरेका थिए ।

रोचक त के भयो भने पूर्वराजाको उक्त अभिव्यक्तिले चुनावको तयारीमा रहेको राजावादी पार्टी राप्रपामा अलमलको स्थिति पैदा गरेको थियो । पूर्वराजाको सक्रियता वर्षभर नै बढिरहेको सन्दर्भमा कुनै माध्यमबाट पूर्वराजाले आह्वान गरिदिए भोट बढ्ने आशामा रहेको राप्रपा पूर्वराजाबाटै चुनावको औचित्यमाथि प्रश्न उठाउने काम भएपछि निकै अलमलको स्थिति बनेको राप्रपाका एक नेता स्मरण गर्छन् । भलै राप्रपाले विज्ञप्ति निकालेर फागुन ७ को अभिव्यक्तिमा समर्थन जनाउने चेस्टा गरे पनि राजनीतिक रूपमा भने त्यसले घाटा भएको उनको बुझाइ छ ।

राप्रपाले विज्ञप्तिमा भनेको थियो, ‘यथासम्भव निर्वाचनपूर्व नै राष्ट्रिय समस्याको समाधानका निम्ति समझदारी कायम गर्न सरकार र राजनीतिक दलहरूसँग फेरि पनि हामी आग्रह गर्दछौँ । साथै, पूर्वराजाको सन्देश तथा पार्टीको नीति अनुरूप उच्च मनोबलका साथ चुनावी अभियानमा समेत नवीन समझदारीको निम्ति दबाब दिन तथा आम जनतालाई जागरुक तुल्याउन राप्रपा आह्वान गर्दछ ।’

यद्यपि राप्रपाको हैसियत चुनावपछि १४ बाट ५ सिटमा खुम्चिन पुग्यो

यस्तो पृष्ठभूमिमा चुनावपछि बनेको बालेन नेतृत्वको सरकारप्रति भने पूर्वराजा अर्थपूर्ण रूपमा नरम देखिएका हुन् । ‘राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवा पिँढीको संलग्नता बढ्दै जानु उत्साहको विषय हो’, पूर्वराजाको भनाइ थियो, ‘पढे–लेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साहित पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउनमा मद्दत पुग्छ भन्ने हामीलाई लाग्दछ ।’

बालेन सरकारप्रति नरम देखिँदै गर्दा उनी पुराना दलहरूको विगतको रवैयाप्रति भने आक्रोशित नै देखिए ।
पुराना राजनीतिक दलहरूको कार्यशैलीका कारण देश अधोगतितर्फ गएको उनको टिप्पणी थियो ।

गणतान्त्रिक व्यवस्थालाई कोरा परिवर्तनको संज्ञा दिएका पूर्वराजा ज्ञानेन्द्रले जनताको अवस्था यसले नबदलेको दाबी गरे । ‘राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा त हामीले निकै हेरफेर हेर्‍यौँ, तर त्यो कोरा परिवर्तनमात्र भयो,’ उनले भने, ‘दलदलको खलबलमा त हामी धेरै दगुर्‍यौँ, तर राष्ट्रको श्रीवृद्धिमा हामी निकै पछाडि पर्‍यौँ ।’

यस्तो स्थिति देखाउँदै पूर्वराजा नयाँ राजनीतिक शक्ति र युवाहरूप्रति भने नरम र सकारात्मक देखिएका हुन् । देश चौतर्फी समस्याको चाङमा रहेको उल्लेख गर्दै पूर्वराजाले नयाँ नेतृत्वलाई निषेध र प्रतिशोधको राजनीति अन्त्य गर्न समेत सुझाव दिन भ्याए । ‘परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुनु हुँदैन,’ उनको भनाइ थियो, ‘सम्बाद, सहमति र सहकार्यका माध्यमबाट सबै पक्षको मागलाई सम्बोधन हुने गरी संवैधानिक समाधान खोज्न दृढ सङ्कल्पित बनौँ ।’

राप्रपाका नेता सगुन सुन्दर लावती नयाँ वर्षको अवसरमा पूर्वराजाले दिएको सन्देशले मुलुकमा भएको राजनीतिक परिवर्तन अपुरो र कोरामात्र रहेको झल्काउने टिप्पणी गर्छन् । पूर्वराजाको सम्बोधनमा नयाँ राजनीतिक शक्ति र युवा पुस्ताप्रति देखिएको नरम दृष्टिकोणलाई लावतीले एक हदको सुधारको रूपमा व्याख्या गरे ।

लावतीले भने, ‘अहिलेको सन्देशमा नयाँ युवाहरू आएको, देश–विदेश चिनेको मान्छे आउनु राम्रो हो भनिएको छ । यसको अर्थ अहिलेसम्म भएका परिवर्तनहरूमा केही कमी–कमजोरी रहे, हाम्रो विगतका प्रयासहरू केवल प्रयोगशाला मात्रै भए भन्ने राजाको ठहर देखिन्छ ।’

पूर्वराजाले नयाँ शक्तिलाई शंकाको सुविधा दिएको हो कि भन्ने प्रश्नमा लावतीले यसलाई फरक ढङ्गले अर्थ्याए । उनले भने, ‘यसलाई शंकाको सुविधा दिएको भन्न मिल्दैन । अहिले भएको कुरालाई ठिकै छ तर अझै धेरै गर्न बाँकी छ भनिएको हो । राजाको सन्देशमा कोरा परिवर्तनले मात्र राष्ट्रको श्रीवृद्धि भएन भन्ने जनभावनाको प्रतिनिधित्व भएको छ ।’

पूर्वराजाले पुराना दलहरूको नाम नलिई उनीहरूको शासन शैली असफल भएको सङ्केत गरेको लावतीको बुझाइ छ ।

‘पुराना प्रयोगहरू असफल भए, कमी–कमजोरी भए भनेर त स्पष्ट भनिसकिएको छ नि,’ उनले भने, ‘विधि र पद्धति बदलेरमात्र समग्र स्थिति नबनेको कुरालाई सन्देशले प्रस्ट पारेको छ ।’
पूर्वराजाले प्रयोग गरेको मौलिक सनातन र पहिचान भन्ने शब्दको गहिरो अर्थ रहेको दाबी गर्दै लावतीले त्यसलाई राजतन्त्र र हिन्दु राष्ट्रसँग जोडे । उनले भने, ‘कुनै न कुनै रूपमा सनातन पहिचानको आधार भनेको राजतन्त्र र सनातन हिन्दु राष्ट्र नै हो । सन्देशमा स्वाधीनता र पहिचानको कुरा आउनुले यसैलाई सङ्केत गर्छ ।’

राजनीतिशास्त्री तथा प्राध्यापक लोकराज बराल भने पछिल्लो भिडियो सन्देशमा पूर्वराजा ज्ञानेन्द्र शाहमा घुमाउरो पाराले आफ्नो लागि राजनीतिक स्पेस खोज्ने आकाङ्क्षा लुकेको टिप्पणी गर्छन् । पूर्वराजाले नयाँ पुस्ताप्रति नरम भाव देखाउनु र सहमतिमा जोड दिनुलाई बरालले कतै न कतै राजनीतिक प्रक्रियामा छिर्न खोज्ने ‘इनडाइरेक्ट मेसेज’ को रूपमा व्याख्या गरे ।

बरालले पूर्वराजाको विगतको वक्तव्य र अहिलेको सन्देशको तुलना गर्दै भने, ‘हिजो चुनाव हुन सक्दैन र आफूसहितको सहमति चाहिन्छ भन्ने आशय व्यक्त गरेका उनले अहिले नयाँ पुस्ताप्रति लचक बन्दै सहमति बढाउनुपर्छ भन्नुमा कतै न कतै हामीलाई (राजसंस्थालाई) पनि हेर है भन्ने सन्देश लुकेको छ

चुनावमा राप्रपाले केही सिट जिते पनि त्यसले राजावादी शक्ति बलियो नै छ भन्न नमिल्ने बरालको जिकिर छ । राप्रपाको जितलाई हिन्दु राष्ट्र वा राजा ल्याउने एजेन्डाको जितभन्दा पनि व्यक्तिको लोकप्रियताको रूपमा हेर्नुपर्ने उनको भनाइ छ ।

‘जुम्लामा ज्ञानेन्द्र शाहीले आफ्नै लोकप्रियताले जितेका हुन्, उनले हिन्दु राष्ट्र वा राजा ल्याउँछु भनेर जितेका होइनन्,’ बरालले दाबी गरे, ‘यदि शाहीले नजितेको भए राप्रपा राष्ट्रिय पार्टी नै हुने थिएन ।’

पूर्वराजाले नयाँ पुस्ता र परिवर्तनको कुरा गरे पनि उनमा भित्री रूपमा अझै पनि राजतन्त्र फर्किने ‘झिनो आशा’ कायमै रहेको बरालको विश्लेषण छ । उनले भने, ‘अझै पनि कतै न कतै राजतन्त्र छ, हामी पनि हौँ भन्ने देखाउन खोजिएको छ, तर अब केही बाँकी छैन ।’

साथसाथै उनले बालेन शाह र रवि लामिछाने जस्ता नयाँ पात्रहरूप्रति पूर्वराजा नरम देखिए पनि उनीहरूको राजनीतिक गन्तव्य अझै स्पष्ट नभएको बताए ।

 

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

04/07/2026
विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026
सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

04/05/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist