काठमाडौं । नेपालमा कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै छ । अहिलेसम्म १८ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने पाँच हजारभन्दा बढी अझै पनि उपचाररत छन् तेह्र हजारभन्दा बढी व्यक्ति निको भएर घर फर्किसकेका छन् तर सङ्क्रमणको जोखिमका कारण गत चैत ११ देखि शुरु गरिएको बन्दाबन्दी भने विस्तारै खुल्दैछ । लामो समयपछि सरकारले यही साउन ५ गतेबाट लामो दुरीका यातायात, हवाईसेवा र शिक्षण संस्था बाहेकका क्षेत्रमा बन्दाबन्दी हटाएको छ । काठमाडौँलाई बन्दाबन्दीबाट खुला गरी आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने रणनीति सरकारले लिएको छ ।