• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबी रंगशालाको कवाडी प्रकरण : छानबिन हुन्छ मेयर गच्छ्दार

काेचिला खबर by काेचिला खबर
08/30/2024
in Uncategorized, स्थानीय
67
SHARES
304
VIEWS
Share on FacebookShare on Twitter

 

दुहबी / दुहबी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मुस्तकिम मिया विरुद्ध निर्माणाधिन दुहबी रंगशाला अगाडि राखेको कवाडी सामाग्री बैधानिक प्रकृया पुरा नगरी बिकृबितरण गरेको भनि स्थानिय राजनितिदलले उठाएको आरोप प्रति दुहबी नगर प्रमुख बेद नारायण गच्छादारले छानबिन समिति बनाई छानबिन गर्ने बताएका छन ।
।
बिहीबार दुहबी नगर पालिकामा नेकपा एमाले, जसपा, र राप्रपा दुहबी नगर समितिले संयुक्त रुपमा भेलाभै छुट्टाछुटै आवस्यक छानबिनको लागि माग गर्दै ध्यानाकर्षण पत्र दुहबी नगर प्रमुख बेद नारायण गच्छादार लाइ हस्तान्तरण गरेका थिए।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै दुहबी नगर प्रमुख गच्छादारले स्थानिय जनप्रतिनिधि पनि तिन तहको सरकार मध्यका हिस्सेदार रहेको र कानुन बिपरित कुनै कामकार्वाहि गर्न गराउन नहुने संबैधानिक ब्यावस्था मात्रै हैन सामाजिक मान्यता पनि भएको हुदा समस्यालाइ कसरी समाधान गर्न सकिन्छ भनेर त्याहा उपस्थित राजनैतिक दलहरु संग राय सुझाव मागेका थिए।

संबैधानिक अदालत भन्दा बढि स्थानिय जनताको न्यायिक अदालात बढि जनौत्तरदायि रहने र दुरदराज सम्म स्थानिय सामाजिक ब्यक्तित्व हरुले नै न्यायिक निराकरण गर्न सक्ने सामाजिक परम्परालाइ पनि हृदयम्गंम गर्दै सबै राजनितिक दल, स्थानिय सामाजिक संघ संस्था, नागरिक समाज, बुद्धिजीवी र नागरिक अगुवाहरुले सामाजिक वा संबैधानिक जुनसुकै बाटो अंगिकार गरे पनि खुल्ला रहेको स्विकार्दै उनले सर्वपक्षिय आव्हान गरेका थिए।

उक्त भेलामा उपस्थित बुद्धिजीवी समाज सेवि दुहबीका राजनितिक दलका नेता कार्यकर्ता लगायको उपस्थितिले नगर प्रमुखको उक्त सर्वदलिय , सर्व पक्षिय छानबिन समिति गठन गर्ने र समितिले निकालेको निस्कर्ष नै मान्य हुने कुरामा सहमति जनाएका थिए।

नगर प्रमुख बेद गच्छादारले दुहबी नगर क्षेत्रलाइ कार्यक्षेत्र बनाएर राजनिति गर्दै आएका नेकपा एमाले, राप्रपा, जसपा, नेपाली कांग्रेस लगायत बिभिन्न दललाइ उक्त छानबिन समिति गठनका लागि आवस्यक प्रतिनिधि पठाइदिन र सहजिकरण गरिदिन औपचारिक पत्रसमेत पठाइ सकेका छन् ।

३ दिन भित्रमा उक्त छानबिन समिति गठन भै सक्ने छ भने उक्त समितिले आवस्यक अनुसन्धान गरि दुहबी ४ का अध्यक्ष मुस्तकिम मिया दोषी वा निर्दोष रहेको बारेमा बिस्तृत प्रतिबेदन दुहबी नगरपालिका लाइ बुझाउने छ।

सो विषयमा दुहबी ४ का वडाअध्यक्ष मुस्तकिम मियाँका भनाई अनुसार जनताको सार्वजनिक सम्पतिमा आफ्नो कुनै खालको बदनियत तथा लोभलालच नभएको भन्दै १ बर्ष अगाडी भत्काइएको सो भवनको कवाडी सामानहरु बारम्बार चोरी भइरहेको गुनासो आएपछि आफ्नो ब्यक्तिगत प्रयोजनका लागि नभइ उक्त कवाडी सामानको ब्यब्स्थापन गर्न र दुहबी नगरपालिकाको राजश्व आम्दानी बाध्नको लागि ६ सय १३ किलो पुरानो छड फलाम मात्रै ब्यब्स्थापन गरेको जनाएका छन् ।

आफुले बुझेको प्रकृया बाटै ६ सय १३ किलो पुरानो छड फलाम बिक्री भएको कवाडी सामानको मुल्य दुहबी नगरपालिका राजश्व शाखामा बुझाएको वडा अध्यक्ष मियाले दाबी गरेका छन ।

दुहबी ४ का अध्यक्ष मियालाइ गत ७ सुक्रबारका दिन कवाडि सामान प्रकृया नपुराई बिकृबितरण गरेको आरोप लागेको थियो। सोहि बारेमा बिस्तृत जानकारि सहितको ध्याकार्षन पत्र बिहिवार बिभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ताहरुको उपस्थितमा दुहबि नगर प्रमुख वेद नारायण गच्छ्दार लाई छानबिनको माग सहित ध्यानाकर्षण पत्र बुझाइएको थियो ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

कल्याणपुरका मेयर साह एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

कल्याणपुरका मेयर साह एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

07/16/2025
दुहबीको सरस्वती मा.वि.विरुद्ध उच्च अदालतको अन्तरिम आदेश जारी ।

दुहबीको सरस्वती मा.वि.विरुद्ध उच्च अदालतको अन्तरिम आदेश जारी ।

07/12/2025
विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

07/06/2025
दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

07/05/2025
दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

06/29/2025
सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

07/02/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist