दुहबी / सुनसरीको दुहवीमा जारी तेश्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगितामा आयोजक क्लब मेमोरी यूवा क्लब सोनापुर सेमिफाईनल खेलमा प्रवेश गर्न सफल भएका छन् ।
मंगलबार भएको चौथो क्वाटर फाईनल खेलमा आयोजक क्लब मेमोरी यूवा क्लबले हिम कस्तुरी फुटबल क्लब लहानलाई २–१ गोलको अन्र्तरले आयोजक क्लब सेमिफाईनल खेलमा प्रवेश गरेका छन् ।
आयोजक क्लबका खेलाडी बिजय भुजेलले ५२ मिनेटमा १ गोल र असिम राईले ७० औं मिनेटमा १ गोल गरेका थिए भने हिम कस्तुरी फुटबल क्लब लहानका खेलाडी शुनिल खड्काले अतिरिक्त्त समयमा १ गोल गरी २–१ गोलको अन्र्तरले आयोजक क्लब जित हात परी सेमिफाईनल खेलमा प्रवेश गरेका छन् ।
खेलको म्यान अफ द म्याच आयोजक क्लबका खेलाडी असिम राई चुनिएका थिए भने उनलाई नगद रु ३ हजार १ सय सहित मेडल प्रदान गराएका थिए ।
भोलि हुने पहिलो सेमिफाईनल खेल दमक एकेडेमी झापा विरुद्ध इटहरी क्लब सुनसरी विच दिउँसो ४ बजे श्री बिष्णु मा। विको खेल मैदानमा हुने आयोजकले जानकारी गराए । प्रतियोगितामा विजेता टिमले नगद रु २ लाख ११ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेताले नगद रु १ लाख ५ हजार ५ सय सहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाउँनु पर्ने आयोजकले जानकारी दिए ।





