दुहबी / सुनसरीको दुहबी ८ स्थित सोनापुरमा जारी तेस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको आइतबार भएको दोस्रो क्वाटर फाइनल खेलको निर्धारित समय सम्म बर्दिबास नगर क्लब बर्दिबास र पथरी एघार फुटबल क्लब मोरंग बिचको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले १-१ गोल गर्दै खेल बराबरी भएपछि ट्राइबेकरमा बर्दिबास नगर क्लब बर्दिबासले पथरी एघार फुटबल क्लब मोरंगलाइ ३-० गोल अन्तरले पाखा लगाउँदै सेमीफाइनलमा प्रबेश गरेको छ । खेलको उत्कृष्ट खेलाडी बर्दिबास नगर क्लब बर्दिबासका आकाश श्रेष्ठ घोषित भए उनले नगद ३१ सय र ट्रफि प्राप्त गरे । भोलि सोमबारको तेस्रो क्वाटर फाइनल खेल बिरगंज युनाइटेड पर्सा र इटहरी फुटबल क्लब सुनसरीका बिच हुने आयोजक फुटबल क्लब मेमोरी युवा क्लब सोनापुर सुनसरीका अध्यक्ष खड्ग नारायण माझीले जनाए ।