दुहबी / सुनसरीको दुहबीमा छैठौ मेयरकप फुटबल प्रतियोगिता बैषाख ४ गतेदेखि हुने भएको छ ।
बुधबार दुहबी नगरपालिकाले पत्रकार सम्मेलन मार्फत सो प्रतियोागिता बारे जानकारी गराएको हो । प्रतियोगिता चैत्र ४ गते हुने भए पनि मुस्लिम समुदायिहरुको पवित्र महान पर्व रमाजान परेकोमा बैषाख ४ गतेदेखि हुने एलेभेन एरोज क्लब दुहबीका अध्यक्ष दिपक राईले जानकारी दिए । दुहबी नगरपालिका आयोजक रहेको प्रतियोगितामा क्लब संयोजन रहेको छ । मेयर कपमा दुहबीका १२ वटा वडाको टिमले प्रतिस्पर्धा गर्ने अध्यक्ष राईले जनकारी दिए ।
उनका अनुसार फुटबल क्षेत्र मा दुहबी नगरपालिका भित्रबाट राष्ट्रीयस्तरका खेलाडी विगतदेखि नै उत्पादन भइरहेको र अझै उचाइमा पुर्याउने लक्ष्य राखिएको बताए । नगरपालिकाहरुको छाता संगठन नगरपालिका महासंघसँग एन्फाको सम्झौता भइसकेको जानकारी दिदै राईले भविष्यमै देश ब्यापी रुपमा नगरपालिका स्तरीय फुटबल प्रतियोगिता हुने पनि बताए ।
दुहबीका मेयर बेदनारायण गच्छदारले ग्रासरुटबाटै स्थानीय खेलाडी उत्पादन गरेर राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले मेयर कपको आयोजना गरिएको बताए । साथै मेयर गच्छदारले दुहबीमा चाडैं फुटबल एकेडेमीको स्थापना गर्ने पनि बताए । प्रतियोगिता दुहबी ५ स्थित सरस्वती माविको खेल मैदानमा हुनेछ ।
प्रतियोगितामा प्रथम हुने वडाले उपाधीसहित नगद १ लाख २५ हजार दुई सय बाईस रुपैया नगद तथा शिल्ड मेडल प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले ७५ हजार दुई सय बाईस रुपैया तथा शिल्ड मेडल प्राप्त गर्नेछ ।
पत्रकार सम्मेलनमा दुहबी नगरपालिकाको प्रमुख प्रशासकिय अधिक्रुत हिमालय बराल , शिक्षा शाखा प्रमुख निर्मलि खनाल , वडा अध्यक्षहरु सद्स्यहरु लगायतको उपस्थिती रहेका थिए ।





