दुहबी/सुनसरीको दुहबीमा नेपाल सितोरियो कराते संघ,दुहबी कराते डोजोको आयोजनामा सुनसरी जिल्ला स्तरीय कराते प्रतियोगिताको प्रतिस्पर्धा सम्पन्न भएको छ । दुहबी नगरपालिकाको संयोजन र दुहबी वडा नम्बर ८ को कार्यालयको सह संयोजनमा भएको कराते प्रतियोगिताको उदघाटन कार्यक्रममा कराते खेल आत्मरक्षाका निम्ति महत्त्वपूर्ण रहेकोले यसले मानिसको शाररिक बनावटमा पनि अत्यन्तै प्रभावकारी भुमिका निर्वाह गर्ने अतिथि बक्ताहरुले बताए । दुहबी ८ स्थित बिष्णु मावीमा भएको
फाइनल खेलमा ९ स्वर्ण ७ रजत र ३ कास्य पदक सहित बराहक्षेत्र डोजो प्रथम भएको छ ।
७ स्वर्ण २ रजत ३ कास्य पदक सहित धरान डोजो दोस्रो भएको छ । यसैगरी ३ स्वर्ण २ रजत ६ कास्य पदक सहित रामधुनी डोजो तेस्रो भएको आयोजकले जनाएको छ । दुहबी कराते डोजोका अध्यक्ष बिशाल राईको अध्यक्षतामा भएको कराते प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथी दुहबी नगरपालिका प्रमुख वेद नारायण गच्छदारले खेलाडीहरुलाइ हौसला दिदैं विजयी खेलाडीलाई मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । २० केजि तौल समूह देखि ६५ केजि सम्मको छात्र र छात्रा सहितको सुनसरी जिल्लाको १२/१२ टिम को जम्मा २४ वटा इभेन्ट भएको थियो ।
विशिष्ट अतिथी दुहबी ८ का वडा अध्यक्ष तारिकचन्द्र सरदारले खेलाडीलाई खेलकुद सामाग्री हस्तान्तरण गरेका
थिए ।







