दुहबी/ सुनसरीको दुहबीमा १३औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । दुहबी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा ३ दिन सम्म हुने उक्त प्रतियोगिता दुहबी ८ स्थित रहेको बिष्णु माध्यमिक विद्यालयको संयोजनमा हुने बिष्णु मावी विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ओम थापाले बताए ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ सुरु भएको नगर स्तरीय खेलकुद प्रतियोगितामा दुहबीका सम्पुर्ण निजि संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थी खेलाडीहरुलाइ जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा छनौट गर्ने उदेश्यले खेलकुद प्रतियोगिता गरेको दुहबी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख निलमणि खनालले बताए ।
१३औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उदघाटन गर्दै दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको निरन्तरता संगै दुहबी नगरपालिकाले विभिन्न खेलकुद प्रवर्द्धन गर्न गम्भीरतापूर्वक सोच्ने वेला आएकोले खेलकुद विकास गर्नतिर लागीपरेको जनाए ।
१३ औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उदघाटन समारोहमा दुहबी नगरपालिकाकी उपमेयर मेनुका पोखरेल खतीवडा,दुहबी वडा नम्बर ४ का वडाअध्यक्ष मुस्त्किम मिया, दुहबी ६ का वडाअध्यक्ष घनश्याम हलुवाई, दुहबी ८ का वडाअध्यक्ष तारिकचन्द्र सरदार,खेलकुद विकास समिति सुनसरीका अध्यक्ष दिपक राई, स्थानीय विद्यालयका प्रधान अध्यापकहरु, शिक्षकहरु, विद्यार्थी खेलाडीहरु लगायतको उल्लेखनीय उपस्थिती रहेको थियो ।








