दुहबी/ सुनसरीको दुहबीमा जारी पाचौं मेयरकप फुटबल प्रतियोगिताको आजको अन्तिम सेमिफाइनल खेलमा दुहबी वडा नम्बर ६ ले दुहबी वडा नम्बर ४ लाई २-० गोल अन्तरले हराउँदै उपाधी नजिक फाइनलमा प्रवेश गरेको छ ।
खेलको उत्कृष्ट खेलाडी दुहबी ६ का आशिष कुमार साह घोषित भए । उनलाई दुहबी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार केसिले नगद २ हजार तथा प्रदक प्रदान गरे । शुक्रबार हुने फाइनल खेलमा दुहबी वडा नम्बर ८ र दुहबी वडा नम्बर ६ बिच प्रतिस्पर्धा हुनेछ ।
बिजय हुने टिमले उपाधी सहित १ लाख २५ हजार नगद तथा ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता टिमले ७५ हजार नगद तथा ट्रफी प्राप्त गर्नेछ ।





