दुहबी/ सुनसरीको दुहबीमा जारी पाचौं मेयरकप फुटबल प्रतियोगिताको बिहीबार भएको अन्तिम प्रिक्वाटर फाइनल खेलमा दुहबी वडा नम्बर २ ले दुहबी वडा नम्बर ३ लाई १-० गोल अन्तरले हराउदै क्वाटर फाइनलमा प्रवेश गरेको छ। खेलको ७६ औं मिनेटमा दुहबी २ का खेलाडी हर्षीत चौधरीले १ गोल गर्दै आफ्नो टिमको बिजय सुनिश्चित गराए।
खेलको उत्कृष्ट खेलाडी दुहबी २ का खेलाडी हर्षीत चौधरी घोषित भए । उनलाई दुहबी वडा नम्बर २ र ३ का वडाअध्यक्षद्वव अरबिन्द बिश्वास र माधव भण्डारीले नगद २ हजार तथा मेडल प्रदान गरे । भोलि शुक्रबारको प्रथम क्वाटर फाइनल खेल दुहबी वडा नम्बर १० र दुहबी वडा नम्बर ११ का बिच हुने ऎलेभेन एरोज क्लब दुहबीका अध्यक्ष दिपक राईले जनाए । मेयरकप प्रतियोगितामा प्रथम हुने टिमले उपाधी सहित १ लाख २५ हजार नगद तथा ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता टिमले ७५ हजार नगद तथा ट्रफी प्राप्त गर्ने जनाइएको छ ।





