दुहबी/ सुनसरीको दुहबीमा जारी दोस्रो सोनापुर गोल्डकपको उपाधी दमक फुटबल एकेडेमी झापाले चुमेको छ। फाइनल खेल समापनका प्रमुख अतिथी १ नम्बर प्रदेशका पर्यटन बन तथा वातावरण मन्त्री जीवन आचार्यले बिजेता टिमलाई ट्रफी तथा नगद २ लाख प्रदान गर्दै खेलकुद विकासकालागि सक्दो सहयोग गर्ने प्रतिबद्धता
जनाए ।

दमक फुटबल एकेडमीले उपाधी सहित २ लाख नगद तथा ट्रफी प्राप्त गरेको छ भने उपबिजेता इटहरी फुटबल क्लब सुनसरीले १ लाख नगद तथा ट्रफीमा चित्त बुझाएको
छ । मेमोरी युवा क्लब सोनापुरको आयोजनामा शनिबार भएको फाइनल खेलमा दमक फुटबल एकेडेमी झापाले इटहरी फुटबल क्लब सुनसरीलाई १-० गोल अन्तरले पछि पार्दै उपाधि चुमेको हो ।
खेलको उत्कृष्ट खेलाडी इटहरी फुटबल क्लबका खेलाडी रमेश राजवंसि घोषित भए । उनले नगद २५ सय मेडल प्राप्त गरे।
प्रतियोगिताभरको उत्कृष्ट खेलाडी दमक फुटबल क्लबका आशिष लावती घोषित भए। उनले ५ हजार नगद मेडल प्राप्त गरे। प्रतियोगिताभर सर्वाधिक गोलकर्ता आयोजक क्लबका खेलाडी भुवन बस्नेत घोषित भए। उनले ४ हजार नगद मेडल प्राप्त गरे।





