दुहबी/ सुनसरीको दुहबीमा जारि दोस्रो सोनापुर गोल्ड कप फुटबल प्रतियोगिताको मंगलबार भएको चौथो क्वाटर फाइनल खेलमा आयोजक मेमोरी युबा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
मेमोरी युबा क्लब सुनसरीले धनकुटा फुटबल क्लब घनकुटा लाइ ४-१ गोलको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

खेलको म्यान अफ द म्याच मेमोरि युबा क्लब सुनसरीका खेलाडी भुवन बस्नेत घोषित भए।
उनलाई नेकपा एसका नेता सुमन भट्टराईले नगद २५ सय मेडल प्रदान गरे । भोलि बुधबारको पहिलो सेमी फाइनल खेल दमक फुटबल एकेडमी झापा र डांगीहाट युथ क्लब मोरंगका बिच हुने आयोजकले जनाएको छ । शनिबार हुने फाइनल खेलमा प्रथम हुने टिमले उपाधी सहित २ लाख नगद तथा ट्रफी र उपबिजेताले १ लाख नगद तथा ट्रफी पाउने आयोजक क्लबका अध्यक्ष खडगनारायण माझीले जनाए ।





