दुहबी/ सुनसरीको दुहबीमा आज देखि सुरु भएको दोस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको उदघाटन खेलमा दमक फुटबल एकेडमी झापा सेमिफाइनलमा प्रवेश गरेको छ । सुनसरीको दुहबी ८ सोनापुरमा जारी प्रतियोगिता अन्तर्गत आज शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा दमक फुटबल एकेडमी झापाले पुर्वाञ्चल युनाइटेड फुटबल क्लब मोरङलालाइ १-० गोल अन्तरले पछि पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
दमक फुटबल एकेडमी झापाका खेलाडी सञ्जय धिमालले एक गोल गरे । धिमालले दोस्रो हाफको ६१ औं मिनेटमा गोल गरेर बिजय सुनिश्चित गराए। खेलको म्यान अफ द म्याच दमक फुटबल एकेडमी झापाका खेलाडी सञ्जय धिमाल घोषित भए। उनले २५ सय नगद तथा मेडल प्राप्त गरे। समुदघाटन खेलका प्रमुख अतिथी दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले खेलको समुदघाटन गर्दै स्थानीय स्तरमा ब्यबसायिक खेलाडी उत्पादन गर्न सक्दो सहयोग गर्ने जनाए । आइतबारको दोस्रो क्वाटरफाइनल खेल बसाहा ११ फुटबल क्लब उदयपुर र इटहरी फुटबल क्लब सुनसरीका बिच हुने आयोजकले जनाएको छ ।
माघ २८ गतेसम्म चल्ने प्रतियोगितामा सुनसरी मोरंग, झापा, धनकुटा र उदयपुरको ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिता बिजेताले उपाधी सहित नगद २ लाख ट्रफी र उपबिजेताले १ लाख नगद ट्रफी पुरस्कार पाउने आयोजक मेमोरी युवा क्लब दुहबीका सचिव पञ्चनारायण चौधरीले जनाए।







