दुहबी / सुनसरीको दुहबी नगरपालिकाको आयोजना र एलेभेन एरोज क्लब को संयोजनमा भएको चौथो मेयर कप फुटबल प्रतियोगिताको आइतबार भएको फाइनल खेलमा दुहबी वडा नम्बर १० ले दुहबी वडा नम्बर ४ लाई २-० गोल अन्तरले पछि पार्दै चौथो मेयरकपको उपाधी चुमेको छ। दुहबी वडा नम्बर १० का जर्सी नम्बर २१ का खेलाडी कुन्दन चौधरीले खेलको दोस्रो हाफको २२ औं मिनेटमा १ गोल र अतिरिक्त समयको २ मिनेटमा १ गोल गर्दै आफ्नो टिमको बिजय सुनिस्चित गराए।
खेलको उत्कृष्ट खेलाडी दुहबी १० का कुन्दन चौधरी घोषित भए। उनले २ हजार नगद र मेडल प्राप्त गरे।
उपाधी संगै दुहबी वडा नम्बर १० ले १ लाख १ हजार नगद तथा ट्रफी प्राप्त गरेको छ भने दुहबी वडा नम्बर ४ ले ५१ हजार नगद र ट्रफीमा चित्त बुझाएको छ। फाइनल खेलको समापन कार्यक्रमका प्रमुख अतिथि पुर्ब मन्त्री बिजय कुमार गच्छदारले बेलुन उडाएर उक्त प्रतियोगिता उद्घाटन गरेका थिए। मेयर कपको समापन कार्यक्रममा बोल्दै पुर्ब मन्त्री गच्छदारले दुहबी नगरपालिका खेलकुदको क्षेत्रमा अगि बढन लागिपरेको चर्चा गर्दै दुहबीका मेयर बेदनारायण गच्छदारको प्रंशसा गरे।
फाइनल खेलका बिशिस्ट अतिथि दुहबीका मेयर बेदनारायण गच्छदारले दुहबी फुटबल जगतको उर्बर भुमी भएको हुदा फुटबलप्रेमी युवा हरुलाइ ब्यावसायिक खेलाडी बनाउन दुहबीमा सुबिधा सम्म्पन्न रंगशाला निर्माण भैरहेको साथै एन्फा र दुहबी नगरपालिका को साझेदारिमा दुहबी ७ मा ६ बिगाहा क्षेत्रफलमा फुटबल एकेडेमी सन्चालन गर्ने सम्झौता भैसकेको वताए। फाइनलको समापन कार्यक्रममा दुहबीकि उपमेयर सुनिता दाहाल शाह,दुहबीका वडाअध्यक्षहरु, सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, क्लबका अध्यक्ष दिपक राई लगायतको उल्लेखनीय उपस्थिती रहेको थियो।





