राम प्रसाद आचार्य/ दुहबी: सुनसरीको दुहबीमा जारी चौथो मेयर कप फुटबल प्रतियोगिताको बिहिवार भएको दोस्रो खेलमा दुहबी वडा नम्बर ३ ले दुहबी वडा नम्बर ११ लाई २-१ गोल अन्तरले पाखा लगाउदै क्वाटर फाइनलमा प्रवेश गरेको छ। दुहबी वडा नम्बर ३ का खेलाडी सुरज सरदार र लोकेश सिवाकोटिले खेलको १५ औं मिनेट र ४९ औं मिनेटमा १-१ गोल गर्दै बिजय सुनिश्चित गराए। दुहबी वडा नम्बर ११ का खेलाडी अरबिन्द उराँवले खेलको ३७ औं मिनेटमा १ गोल गरेका थिए। खेलको उत्कृष्ट खेलाडी दुहबी वडा नम्बर ३ का सुरज सरदार घोषित भए । उनले २ हजार नगद तथा मेडल प्राप्त गरे। शुक्रबारको तेस्रो खेल दुहबी वडा नम्बर २ र दुहबी वडा नम्बर १२ का बिच हुने आयोजकले जनाएको छ।





