दुहबी/ सुनसरीको दुहबीमा जारि प्रथम दुहबी आमन्त्रण भेट्रान
नक आउट फुटबल प्रतियोगितको आज भएको उदघाटन खेलमा हाम्रो धरान भेट्रान क्लब धरान सुनसरीले चौधरी ११ भेट्रान क्लब सिद्राहा मोरंगलाई २-० गोल अन्तरले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ। 
धरानका खेलाडीहरु जोनी मोक्तान र डिल्लीराम श्रेष्ठले मध्यान्तर पछिको ५३ औं मिनेट र ५९ औं मिनेटमा १-१ गोल गर्दै आफ्नो टिमको बिजय सुनिश्चित गराए।
खेलको उत्कृष्ट खेलाडी धरानका डिल्लीराम श्रेष्ठ (मिलन ) घोषित भए। 
उदघाटन खेलका प्रमुख अतिथी दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले शुभकामना मन्तव्य दिदैं खेलाडीहरुको हौसला बढाए। भोलिको खेल भरौल भेट्रान क्लब भरौल सुनसरी र मिल्स भेट्रान क्लब रानी मोरंगका बिच हुने आयोजक क्लब
दुहबी भेट्रान क्लबका अध्यक्ष रुद्र खड्काले जनाए।
दुहबी स्थित श्री सरस्वती माबीको खेल मैदानमा सुरु भएको प्रतियोगितामा सुनसरी मोरङका १० वटा भेट्रान क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
प्रथम हुने टिमले उपाधी सहित ५१ हजार नगद तथा ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता टिमले ३१ हजार नगद तथा ट्रफी हात पार्नेछ।





