दुहबी/सुनसरीको दुहबीमा जारी तेस्रो मेयरकप फुटबल प्रतियोगिताको आइतबार भएको पहिलो सेमि फाइनल खेलमा दुहबी वडा नम्बर ७ ले दुहबी वडा नम्बर ६ लाई ४-१ गोल अन्तरले पराजित गर्दै मेयरकपको उपाधी नजिक फाइनलमा प्रवेश गरेको छ। खेलको म्यान अफ द म्याच दुहबी वडा नम्बर ७ का खेलाडी धनकुमार खांं लाई दुहबी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिनोद कुमार नेउपानेले नगद २ हजार तथा मेडल प्रदान गरेका थिए। भोलीको दोस्रो सेमिफाइनल खेल दुहबी वडा नम्बर ४ र दुहबी वडा नम्बर १० का बिच हुनेछ। फाइनल खेल बुधबार हुनेछ।





