दुहबी / आउने ८३ मा नियम अनुसार दुहबी ४ स्थित निर्माणधिन अंतरराष्ट्रीय स्टेडियममा मेयर कप हुनेमा आफु बिस्वस्त भएको दुहबी नगर प्रमुख वेदनानारायण गच्छ्दारले ७ औ मेयरकप फुटवल प्रतियोगिताको समापन कार्यक्रममा बिहीबार सो कुरा बताएका हुन ।

नगर प्रमुख गच्छ्दारले ७ औ मेयरकप फुटवल प्रतियोगिता सम्म दुहबी नगरपालिकाको ८० लाख खर्च भएको जानकारी गराएका छ । दुहबी नगरपालिकामा जारी ७ औ मेयरकप फुटवल प्रतियोगिता को उपाधी दुहबी वडा नम्बर ७ भलुवाले चुमेको छ। सरस्वती माबीको खेलमैदानमा फागुन ४ देखी जारी प्रतियोगिता को आज फाइनल खेल दुहबी ७ र दुहबी १० सिमरिया बिच कडा प्रतिस्पर्धा साथ भएको थियो।
खेल सुरुभएको १६ औ मिनेटमा दुहबी ७ का जर्सि नम्बर १० का खेलाडी अंकित चौधरीले १ गोल गरी आफ्नो टिमलाइ १ – ० को अग्रता दिलाएका थिए। हाफ टाइम पछि पुन उनै चौधरीले थप १ गोल गरि २- ० को अग्रता दिलाए। निर्धारीत समय सम्म थप कुनैपनि गोल हुन नसके पछि दुहबी ७ ले १० लाइ २ – ० गोल अन्तरले पराजित गर्दै मेयरकप को उपाधी चुम्न सफल भएको हो। उपाधी सगै भलुवाले नगद रु १२५२२२ शिल्ड र प्रमाणपत्र पाएको छ भने उपबिजेता सिमरियाले नगद रु ७५ २२२ शिल्ड र प्रमाणपत्र पाएको छ।
प्रमुख अतिथि दुहबी नगर प्रमुख वेदनारायण गच्छादारले बिजेता टिमलाइ नगद साथै ट्रफि प्रदान गरेका थिए भने उपबिजेता टिमलाइ उपप्रमुख मेनुका खतीवडाले उपाधी प्रदान गरिन । खेलको म्यान अफ द म्याच दुहबी ७ का जर्सि नम्बर ९ देवा रिसिदेव घोषित भए। भने बेस्ट गोलकिपर दुहबी ७ का सुलभ चौधरी, बेस्ट डिफेन्डर पारस चौ घोषीत बने। दुहबी १० सिमरियाले दुहबीमा मेयर कप सन्चालन देखीकै एकलौटी उपाधी चुम्दै आएको भएपनि यसपट भने गुमाउन पुगेको छ।





