दुहबी / सुनसरीको दुहबी मा जारी ७ औँ मेयर कप फुट्बल प्रतियोगितामा आज भएको खेलमा दुहबी ५ ले दुहबी १२ लाइ ४ – १ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल मा प्रवेस गरेको छ्। मध्यान्तर सम्म दुबै पक्ष बिच खेल बराबरी भए पनि मध्यान्तर पछिको खेल मा दुहबी १२ का खेलाडी जर्सि नम्बर १० का सुसिल बिसकर्माले १ गोल गर्दै आफ्नो टिमलाइ १ – ० गोल अन्तरले अगाडि बढाएका थिए। केहि बेर पछि नै दुहबी ५ का खेलाडी जर्सि नम्बर ९ का अभिसेक गुरुङ ले १ गोल गरे पछि खेल बराबरी भएको थियो।
त्यसपछि दुहबी ५ कै खेलाडी जर्से नम्बर १० का प्रनिस न्यौपानेले थप १ गोल गरी आफ्नो टिमलाइ २ – १ गोलको अग्रता दिलए। त्यसै गरी जर्सि नम्बर १३ का र्शन राइ र जर्सि नम्बर २५ का अनुज हलुवाइ ले थप १ /१ गोल गरि दुहबी १२ लाइ ४ – १ गोल अन्तर ले हराउदै क्वाटर फाइनलमा दुहबी ५ प्रबेश गरेको छ्। खेल को म्यान अफ द म्याच दुहबी ५ का जर्सि नम्बर ९ का अबिशेक गुरुङ घोसित भएका छन ।





