दुहवी / सुनसरीको दुहवी नगरपालिकामा आज भएको समुद्घाटन खेलको सातौं मेयर कप फुटबल प्रतियोगितामा दुहवी १० नं.वडाले विजय सुरुवात गरीएको छ ।
दुहवी वडा नंं.९ विरुद्ध दुहवी वडा नं.१० विच भएको समुद्घाटन खेल दुहवी वडा नं.५ स्थित रहेको सरस्वती माध्यमिक खेल मैदानमा खेलाईएको थियो ।
दुहवी वडा नं.१० का खेलाडी जं.नं.२१ कुन्दन चौधरीले र जंं.नं. ७ कबिन्द्र नारायण चौधरी दोस्रो हाफको १ औँ र २२ औँ मिनेटमा १–१ गोल गरी आफनो टिमलाई २–० गोलमा पुर्याइ जित दिलाइएको हो ।
आजको खेलको म्यान अफ दि म्याच दुहवी वडा नं.१०का खेलाडी रंजित उराँव चुनिएका थिए उनलाई नगद रु २ हजार तथा मेडल आजको प्रमुख अथिति दुहवी नगरपालिकाका मेयर वेद नारायण गच्छदारले प्रदान गरेका थिए ।
समुद्घाटन खेलका प्रमुख अतिथि दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले मेयर कपबाट सयांै खेलाडी उत्पादन भएर अहिले खेलाडीहरु खेल्दै पढ्दै गई रहेको बताए ।
गच्छदारले अहिले राष्ट्रिय स्तरमाका खेलकुद सरकारले गर्न नसके पनि दुहवी नगरपालिकाले दुहवीमा हरेक क्षेत्रका खेलकुदलाई बजेट दिएर प्रतियोगिता गर्न क्लबहरुलाई सहयोग गर्दै आई रहेको बताए ।
खेलक्षेत्रलाई अगाडी बढाउनका लागि पालिकाकै लगानिमा वडा नं.४ मा रंगशाला निमार्ण भई रहेको मेयर गच्छदारले बताए ।
मेयर गच्छदारले जहिले पनि सपना ठुलो देख्नु पर्ने र चाहाना त्यहि अनरुप लिएर हरेक नागरिकले अगाडी बढनु पर्ने दुहवी नगरपालिकाले ठुला ठुला सपना देखेर त्यहि अनरुप आफना योजनाहरु अगाडी बढी रहेको बताए ।
कार्यक्रमका सभा अध्यक्ष एलेभेन एरोज क्लबका अध्यक्ष दिपक राई रहेको थियो भने दुहवी नगरपालिका जनप्रतिनिधिहरु , दुहवी नगरपालिकाका अधिकृत हिमालय बराल , विभिन्न संघ सस्थका प्रतिनिधि लगायत दर्शकको उल्लेखनिय उपस्थिति रहेको थियो ।
प्रतियोगितामा विजेता टिमले नगद रु १ लाख २५ सय २२२ रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेताले नगद रु ७५ हजार २२२ रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाउँनु पर्ने हुन्छ । भोलिको दोस्रो खेल दुहवी वडा नंं.५ बिरुद्ध दुहवी वडा नंं.१२ बिच हुने आयोजकले जानकारी गराएको छ ।





