दुहबी / सुनसरीको दुहबीमा सातौ मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ । फागुन ४ गतेदेखि हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ
फागुन ४ देखि १५ गते सम्म मेयरकप फुटबल प्रतियोगिता हुने एलेभेन एरोज क्लब दुहबीका अध्यक्ष दिपक राईले आज पत्रकार समेलन मार्फत जानकारी दिएका छन् । दुहबी नगरपालिका आयोजक रहेको प्रतियोगितामा एलेभेन एरोज क्लबको संयोजनमा प्रतियोगिता हुँने राईले जनाए ।

मेयर कपमा दुहबीका १२ वटा वडाको टिमले प्रतिस्पर्धा गर्नेछ भने फुटबल क्षेत्रमा दुहबी नगरपालिका भित्रबाट राष्ट्रीय खेलाडी उत्पादन गर्ने मुख्य उदेश्य रहेको छ ।
दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले ग्रासरुटबाटै स्थानीय खेलाडी उत्पादन गरेर राष्ट्रिय,
अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले मेयर कपको आयोजना गरिएको बताए । दुहबीमा २२ करोडको लागतमा दुहबी रंगशाला निर्माणाधिन अवस्थामा रहेको जानकारि दिंदै दुहबबीमा चाडैनै अन्तरास्ट्रीय गोल्डकप गर्ने समेत मेयर गच्छदारले बताए ।

संघिय सरकारले बजेट कटौती गरेको लगायत विविध कारणले दुहबी नगरपालिकामा गत पुस महिना देखि विकास वजेट १० करोड कम गर्नु परेको बताउँदै मेयर गच्छदारले युवाहरुलाइ व्यवसायिक र आत्मनिर्भर बनाउन खेलकुदको बजेट कटौती नगरिएको जनाए ।
नगरपालिका बाट उपलब्ध रकम रु ११ लाख खर्च हुने मेयरकप फुटबल प्रतियोगिता दुहबी ५ स्थित श्री सरस्वती मा.वि.को खेल मैदानमा हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले उपाधीसहित नगद १ लाख २५ हजार २२२ तथा शिल्ड मेडल प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले ७५ हजार २२२ नगद तथा शिल्ड मेडल प्राप्त गर्नेछ । खेलमा विभिन्न विद्याका खेलाडीहरुलाइ समेत पुरस्कृत गरिने जनाइएको छ । पत्रकार सम्मेलनमा दुहबी नगरपालिकाका उपप्रमुख मेनुका खतीवडा, प्रमुख प्रशासकिय अधिकृत हिमालय बराल , दुहबीका वडाअध्यक्षहरु मुस्तकिम मिया , घनश्याम हलुवाई , तुला राम माझी , तारिक चन्द सरदार , खडक उराँव , राम चन्द्र चौधरी , लगायतको उपस्थिती रहेको थियो ।





