• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

बिराटनगरमा निस्किने रथयात्रामा कडा सुरक्षा घेरा : आकाशबाट ड्रोन, जमिनमा एक हजार प्रहरी ।

काेचिला खबर by काेचिला खबर
08/17/2025
in FEATURE, समाज
53
SHARES
242
VIEWS
Share on FacebookShare on Twitter

 

विराटनगर । विराटनगरमा आज निस्किने ऐतिहासिक राधाकृष्ण रथयात्रालाई पूर्ण रुपमा सुरक्षित र शान्तिपूर्ण बनाउन मोरङ प्रहरीले कडा सुरक्षा रणनीति अपनाएको छ ।

एसियाकै दोस्रो ठूलो मानिने यस रथयात्रामा हुन सक्ने कुनै पनि आपराधिक तथा उश्रृंखल गतिविधिलाई निस्तेज पार्न मोरङ प्रहरीले ड्रोन र सिसिटिभीदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरेर कडा सुरक्षा रणनीति बनाएको हो ।

यसपटक अत्याधुनिक ड्रोन प्रविधिबाट हवाई निगरानी गरिनुका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोशाकका गरी एक हजारभन्दा बढी सुरक्षाकर्मीलाई रथयात्राको सुरक्षामा खटाइएको छ । मोरङ प्रहरीले कुनै पनि गलत हर्कत गर्ने तत्वविरुद्ध ‘शून्य सहनशीलता’ अपनाउँदै निर्मम रूपमा प्रस्तुत हुने कठोर चेतावनी दिएको छ ।

मोरङ प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नारायणप्रसाद चिमरियाले रथयात्राको सुरक्षा व्यवस्थामा कुनै पनि कसर बाँकी नराखिएको र सुरक्षा योजनालाई सूक्ष्म तहसम्म पुगेर कार्यान्वयन गरिएको बताए । ‘यो केवल धार्मिक यात्रा मात्र होइन, लाखौं मानिसको आस्था र विराटनगरको पहिचानसँग जोडिएको विषय हो । यसको गरिमा र शान्तिलाई भंग गर्ने कुनै पनि प्रयासलाई हामी सफल हुन दिनेछैनौं,’ एसपी चिमरियाले दृढतापूर्वक हाम्रोसँग भने, ‘हाम्रो सम्पूर्ण ध्यान भक्तजनले निर्धक्क र भक्तिभावपूर्ण वातावरणमा रथयात्रामा सहभागी हुन सकून् भन्नेमा केन्द्रित छ । तर, यो शान्तिपूर्ण वातावरणलाई खलल पुर्याउने जो कोहीलाई पनि तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गरिनेछ ।’

यस वर्षको सुरक्षा व्यवस्थामा प्रविधिको पनि प्रयोग गरेको छ । प्रहरीले पहिलो पटक रथयात्राको सम्पूर्ण मार्गलाई आकाशबाट ड्रोनमार्फत प्रत्यक्ष निगरानी गर्नेछ । ‘विशाल भीडलाई मानव आँखाले मात्रै अनुगमन गर्न सम्भव हुँदैन । ड्रोनको साहयताबाट पनि हामीले निगरानी प्रदान गर्नेछांै, जसले भीडको अवस्था, सम्भावित जोखिमयुक्त क्षेत्र, र कुनै पनि अस्वाभाविक गतिविधिलाई तत्काल पहिचान गर्न मद्दत पुर्याउँछ,’ एसपी चिमरियाले प्रविधिको प्रयोगबारे जानकारी दिँदै भने, ‘ड्रोनबाट प्राप्त दृश्यहरूलाई हाम्रो नियन्त्रण कक्ष (कमाण्ड सेन्टर) मा रहेको टोलीले निरन्तर विश्लेषण गरिरहेको हुनेछ र सोहीअनुसार फिल्डमा खटिएका टोलीहरूलाई तत्कालै निर्देशन दिइनेछ ।’

ड्रोनका साथै विराटनगरका मुख्य चोक र रथयात्रा मार्गमा जडान गरिएका दर्जनौं सीसीटीभी क्यामेराहरूलाई पनि २४ सै घण्टा सक्रिय बनाइएको छ । ड्रोन र सीसीटीभीको यो एकीकृत प्रणालीले सुरक्षा निकायलाई भीडभित्र लुकेर अपराध गर्ने तत्वहरूलाई पहिचान गर्न र प्रमाण संकलन गर्नसमेत सहज बनाउनेछ ।

उश्रृंखल गर्नेलाई ‘वान टन’ गाडीमा

प्रहरीले ठूलो संख्यामा सादा पोशाकका सुरक्षाकर्मीलाई भीडभित्र परिचालन गर्ने रणनीति बनाएको छ । यी विशेष तालिमप्राप्त प्रहरीहरू भक्तजनकै रूपमा भीडमा घुलमिल हुनेछन् र पाकेटमार, चोर, महिला तथा बालबालिकालाई दुव्र्यवहार गर्ने, वा अन्य कुनै पनि उश्रृंखल गतिविधि गर्ने व्यक्तिहरूमाथि कडा निगरानी राख्नेछन् ।

‘विगतका वर्षहरूमा भारत र मधेश प्रदेशका सीमावर्ती क्षेत्रबाट आपराधिक गिरोहहरू यस्ता ठूला मेलापर्वमा प्रवेश गरी चोरी र लुटपाट गर्ने गरेको देखिन्छ । यसलाई रोक्न हामीले शनिबारदेखि नै विराटनगर प्रवेश गर्ने जोगबनीसहितका सबै सीमा नाका र सहायक मार्गहरूमा निगरानी र जाँच अत्यन्त कडा पारेका छौं,’ एसपी चिमरियाले भने ।

कुनै पनि व्यक्ति शंकास्पद गतिविधिमा संलग्न भएको वा गलत हर्कत गरेको पाइएमा सादा पोशाकको टोलीले तत्कालै पक्राउ गर्नेछ । पक्राउ परेका व्यक्तिहरूलाई भीडबाट सुरक्षित रूपमा बाहिर निकाल्न र जिल्ला प्रहरी कार्यालयसम्म ल्याउन रथयात्राको रुटमा अगाडि र पछाडि विभिन्न स्थानमा ‘वान टन’ गाडीहरूलाई’ मोबाइल डिटेन्सन भेइकल’ का रूपमा तयारी अवस्थामा राखिएको छ । ‘अपराध गर्नेलाई घटनास्थलबाटै नियन्त्रणमा लिएर तत्काल गाडीमा हालेर जिल्ला ल्याइनेछ । उनीहरूमाथि कसुरको प्रकृति हेरी सोमबार अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाइनेछ,’ एसपी चिमरियाले चेतावनीको शैलीमा भने ।

कडा सुरक्षा व्यवस्थाका साथै मोरङ प्रहरीले आफ्नो मानवीय पक्षलाई पनि ध्यान राखेको छ । लाखौंको भीडमा गर्मी र अन्य कारणले भक्तजनलाई स्वास्थ्य समस्या पर्न सक्ने कुरालाई ध्यानमा राख्दै प्रदेश प्रहरी अस्पताल र विराटनगरका प्रतिष्ठित निजी अस्पतालहरूसँगको सहकार्यमा रथयात्रा मार्गका विभिन्न स्थानमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ । स्वास्थ्यकर्मी र आवश्यक औषधिसहितको टोलीले कुनै पनि आकस्मिक स्वास्थ्य समस्याको तत्काल प्राथमिक उपचार गर्नेछ ।

नयाँ रथको उद्घाटन

कृष्ण जन्माष्टमीको अवसरमा आज (आइतबार) विराटनगरमा भब्य रथयात्रा निकालिँदैछ । हरेक वर्ष कृष्ण जन्मास्टमीको भोलिपल्ट रथयात्रा निकालिन्छ ।

रथयात्राका लागि शनिबार नयाँ रथको विशेष पूजा सम्पन्न गरिएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १ को राधाकृष्ण मन्दिरबाट निस्कने यो रथयात्रा एसियाको जगन्नाथ पुरीपछि दोस्रो ठूलो मानिन्छ ।

रथ यात्रामा नेपाल र भारतका झन्डै ५ लाख भक्तजन सहभागी हुने अपेक्षा आयोजकको छ । रथयात्रा विराटनगर बजारका ४४ स्थानमा विश्राम गर्दै करिब ९ किलोमिटर दूरी तय गरेर मन्दिरमै आई समापन हुनेछ । रथयात्रा तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोड शेष चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमा पुगेर सम्पन्न हुने रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए

१९८८ सालमा ‘खटयात्रा’का रूपमा सुरु भएको यो २०२५ सालदेखि रथयात्रामा परिणत भएको हो । जीर्ण भइसकेको पुरानो रथ विस्थापन गर्दै यो वर्षदेखि १४ फिट चौडा, १९ फिट लामो र २१ फिट अग्लो नयाँ रथ प्रयोगमा ल्याइएको छ

यस पटकको रथ पहिलोको भन्दा उचाइ, चौडाइ र लम्बाइमा बढाइएको छ । सबैतर्फ काठ प्रयोग गरी विभिन्न भगवानका आकृतिलगायतका बुट्टाहरू कुँदेर बनाइएको छ । स्वदेशी र विदेशी कालिगडहरूले यस पटक रथ बनाएका छन् ।
शनिबार कृष्ण मन्दिरहरूमा हिन्दु धर्मावलम्बी र भगवान् श्रीकृष्णका भक्तजनहरूले विशेष पूजा आराधना गरी जन्माष्टमी पर्व धूमधामका साथ मनाएका छन् । मान्यता अनुसार, यही दिन कंसको कैदमा रहेका वासुदेव र देवकीको गर्भबाट भगवान् कृष्णको जन्म भएको थियो । यस पर्वलाई सातम आठम, गोकुलाष्टमी, अष्टमी रोहिणी, श्रीकृष्ण जयन्ती वा श्री जयन्ती भन्ने पनि गरिन्छ ।कृष्णका बाल्यकालका लीलादेखि युवावस्थासम्मका कथा मथुरा, वृन्दावन र यमुना किनारमा मात्र सीमित नभई सम्पूर्ण भूलोकमा प्रसिद्ध छन् ।

महानगरले स्वयम्सेवक परिचालन गर्ने

विराटनगर महानगरपालिकाले बरगाछीदेखि रोडशेषसम्मको डिभाइडरमा लगाएका फूल र विरुवाको संरक्षणका लागि स्वयम्सेवक परिचालन गर्ने भएको छ ।राधाकृष्ण रथयात्राका क्रममा भक्तजनको भीडले फूल र विरुवामा क्षति पुग्ने भन्दै महानगरले स्वयम्सेवक परिचालन गरेर संरक्षण गर्ने नीति अघि सारेको हो ।

फूल र विरुवाको संरक्षणका लागि खटिने स्वयम्सेवकहरुलाई महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा प्रशिक्षणसमेत दिइएको छ । महानगरको सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रममा मेयर कोइरालाले अनुशासित भएर आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे । उनले फूल र विरुवाको संरक्षणसँगै महिला, बालबालिका, ज्येष्ठ नागरिकमाथि अभद्र व्यवहार भएमा त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाउनसमेत आग्रह गरेका छन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, रथयात्रा आयोजक समितिका अध्यक्ष कैलाश रेग्मी, सचिव कृष्ण कार्की, नगर प्रहरीका डिएसपी अनमोल खड्कालगायतले रथयात्रालाई मर्यादित र व्यवस्थित बनाउने सबैको दायित्व भएको बताए । फूल र विरुवाको संरक्षणका लागि ५ सय युवा स्वयम्सेवक परिचालन गरिने महानगर प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिए ।

 

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा ११ औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने ।

दुहबीमा ११ औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने ।

02/11/2026
दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

02/02/2026
स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

01/27/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist