दुहबी / सुनसरीको दुहबी नगपालिका वडा नं.–४ स्थित महेन्द्र मेमोरियल एकेडमीले भव्यताका साथ राधा–कृष्ण रूप सज्जा प्रतियोगिता सम्पन्न गरेको छ। शुक्रबार कृष्ण जन्माष्टमीको अवसरमा राधा–कृष्ण रूप सज्जा प्रतियोगिता गरेको हो।
विविध कार्यक्रमअन्तर्गत विद्यालयले राधा–कृष्णको रूप सज्जा प्रतियोगिता आयोजना गरी भोलिका कर्णधार बालबालिकालाई मानवता, धार्मिक तथा सांस्कृतिक पक्षको जानकारी प्रदान गर्ने काम गरेको छ ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले राधा र कृष्णको पहिरणमा सजिएर विभिन्न मौलिक तथा सास्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए। कार्यक्रमा उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगी तथा विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको विद्यालयले जानकारी दिनु दिएका छन ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
बालबालिकामा आफ्नो धर्म, संस्कृति र परम्पराप्रति अभिरुचि र जागरूकता बढाउने विश्वास महेन्द्र मेमोरियल एकेडमीले लिएको जनाएको छ।





