कोरोना भाइरसको सन्त्रास सँगै अहिले देशका अधिकांश स्थानीय तह लक डाउन गरिएको छ ।
तर दुहबीको मुख्य हाइवे बाहेक भित्री सडक खण्डमा अहिले पनि सर्वसाधरणहरुको भिडभाड घटेको छैन । मुख्य सडक तथा हाईवेमा प्रहरीले कडाई गरे पनि विभिन्न बहानामा सडकमा सर्वसाधरणहरुको चहलपहल कम छैन।
साँझ परे पछि बाहिर निस्कने , जनताले लक डाउन नटेर्दा प्रहरीले हैरानी ब्यहोर्नु परेको छ । अहिले पनि मुख्य हाइवे बाहेकका सडकहरुमा सर्वसाधरण आवतजावत बढिरहेको कारण प्रहरीलाई सर्वसाधरणहरुलाई सम्झाउनै समस्या हुने गरेको छ
भिडभाड नगर्न र मास्क लगाएर मात्र अति आवश्यक काम्मा हिड्न भने पनि सर्वसाधरणहरुले नटेर्दा समस्या हुदै गएको छ्।
अहिले ग्रामिण क्षेत्र सँगै सहरी क्षेत्रमा समेत कोरोनाको महामारी बढ्दै गए पनि जनता सचेत नहुदा थप महामारी बढ्ने दुहबीका नागरिक समाजका अगुवा हरु बताउँछन ।कोरोनाको माहामारि बाट सर्वसाधरण सचेत हुनुको विकल्प छैन ।





