निरन्तरको वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै कोसीको मध्य भागमा रहेको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ गोबरगाढा गाउँसँग सम्पर्क विच्छेद भएको छ । चारैतिरबाट कोसी नदीले घेरिएको टापु भनेर चिनिने बाढी पसेपछि जलमग्न भएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार साहका अनुसार गोबरगाढामा ८० घरधुरीमा करिब २ सय जना छन् । चारैतिरबाट कोसी नदीको बाढीले घेरिएपछि सर्वसाधारण संकटमा परेको वडाध्यक्ष बिन्देश्वरी यादवले बताए ।






