दुहबी(कोस)/फरवार्ड माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले मृत्यु दावीको बिमा रकम हस्तान्तरण गरेको छ । दुहबी नगरपालिका ५ निवासी स्वर्गीय हरेराम साहका श्रीमती नितु साहलाई फरवार्ड माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले मृत्यु दावीको बिमा रकम ११ लाख २५ हजार हस्तान्तरण गरेको हो ।
हरेराम साहको मृत्यु भएपछि उनका हकवाला श्रीमतीलाइ ११ लाख २५ हजारको दावी रकम बराबरको चेक हस्तान्तरण गर्दै पुर्व मन्त्री एवं सुनसरी ३ नम्बर क्षेत्रकि प्रतिनिधि सभा सासंद भगवति चौधरीले सान्त्वना दिदैं बिमा रकमको सदुपयोग गर्न सुझाव दिइन । साहले फरवार्डमा ऋणको रकम डबल योजना अन्तर्गत बीमा गरेका थिए । ऋण लिएर बीमा गरेको ४ महिना पछि उनको मृत्यु भएपछी मृत्यु दावी रकम सहित १ लाख २५ हजार किरिया खर्च समेत भुक्तानी दिएको जनाइएको छ ।





