सुनसरीको दुहबीमा कोशी प्रदेश अन्डर १६ क्रिकेट छनौट प्रतियोगिता सुरु भएको छ ।
यहि बैशाख १० गते धनगढीमा हुने रास्ट्रिय स्तरको
क्रिकेट प्रतियोगितामा टिम छनौट गर्ने उदेश्यले कोशी प्रदेशको ५ जिल्ला सुनसरी मोरङ झापा उदयपुर र इलामबाट खेलाडी छनौट गरेर कोशी प्रदेशको टिमलाई सशक्त बनाउन छनौट प्रतियोगिता गरेको नेपाल क्रिकेट संघ कोशी प्रदेशका सदस्य तथा छनौट समितिका संयोजक सुमेस साहले पत्रकार सम्मेलन मार्फत मार्फत जानकारी दिएका छन् ।
दुहबी ८ स्थित बिष्णु मावीको खेल मैदानमा आज देखि सुरु भएको कोशी प्रदेश अन्डर १६ क्रिकेट छनौट प्रतियोगितामा दैनिक २ खेल हुने उक्त छनौट प्रतियोगिता बैशाख ८ गते सम्म हुने नेपाल क्रिकेट संघ कोशी प्रदेशका सदस्य अजय राजवंसिले जनाएका छन ।
नेपाल क्रिकेट संघको समन्वयमा हुने उक्त प्रतियोगिताको उदघाटन खेलका प्रमुख अतिथि नेपाल क्रिकेट संघका केन्द्रिय सल्लाहकार नरेश श्रेष्ठले छोटो समय २ दिन भित्र प्रदेश स्तरीय छनौट प्रतियोगिता गर्न सक्दो मेहनत गरेको भन्दै छनौट समितिका संयोजक सुमेस साह लगायतको टिमको प्रशंसा गर्दै आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लालाई पनि समेटेर लैजाने जनाए । उदघाटन खेलका बिशिस्ट अतिथि नेपाल क्रिकेट संघका कोशी प्रदेश सल्लाहकार जिवन दास लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।
पत्रकार सम्मेलनको उदघोषण दिवाकर पौडेलले गरेका थिए ।
आजको खेल उदयपुर र झापाका बीच हुने जनाइएको छ ।






