दुहबी/ सुनसरीको दुहबी नगरपालीकाको आयोजना र अपाङ्ग बाल अस्पताल तथा पुनर्थापना केन्द्र (HRDC) बनेपा र इटहरीको सहकार्यमा १८ बर्ष सम्मका फरक क्षमता (शारिरिक अपाङ्गता) भएका बालबालीका हरुको लागी नि:शुल्क शारिरिक अपाङ्गता परिक्षण १ दिने शिबिर सम्पन्न भएको छ। दुहबी ८ स्थित नगर अस्पताल परिसरमा आयोजित निशुल्क शिबिरको दुहबी नगरप्रमुख बेद गच्छादारको अध्यक्षतामा उद्घाटन सत्र सम्पन् भएको थियो भने प्रमुख अतिथि बि एन्ड बि अस्पताल काठमाडौं का वरिष्ठ चिकित्सक डाक्टर राजेन्द्र अर्याल रहेका थिए। HRDC इटहरीका कार्यक्रम प्रमुख मधुसुधन अधिकारी , इटहरि साखाका कार्यक्रम संयोजक राजकुमार कोइराला , नगर अस्पताल प्रमुख ओम प्रसाद यादव, स्वास्थ्य साखा प्रमुख बिन्देस्वर प्रसाद महतो, जनस्वास्थ्य अधिकृत उचित नारायण साह लगायतको उपस्थिति रहेको थियो।

उद्घाटन सत्रमा बोल्दै नगर प्रमुख गच्छादारले दुहबी नगरपालीकाले स्थापना कालदेखीनै सम्पन्न वा बिपन्न सबै नगरबासीहरुको स्वास्थ्यमा सहज पहुँच पुगोस भन्ने हेतुले स्वास्थ्य सुधार क्षेत्रमा ठुलो लगानि गरेको र आगामी दिनमा पनी जनस्वास्थ्यको कुरामा नागरिकले निरोगि भएर बाच्न पाउने अधिकार प्राप्तिका लागि आफु दृढ भएर लाग्ने जनाए। दुहबी नगरपालिकाको १२ वटै वडामा सुरक्षित गर्भपतन, सुनौला हजार दिन, घुम्ति भिडियो एक्स रे, मातृशिसु स्याहार सहितका स्वास्थ्य चौकि स्थापना गरिसकेको साथै आँखा शिबिर आफु नगर प्रमुख रहेसम्म निशुल्क उपचार कार्यक्रम नै राखेको जनाउदै गच्छादारले ठुलै चुनौति सामना गरेर नगर अस्पताल सन्चालन गरेको हुदा आगामी आर्थिक बर्षको अन्त्य सम्म नगरको आफ्नै अस्पतालको भवन बाट सेवा सन्चालनमा ल्याइने बताएका छन्।

गत ३/४ बर्ष देखी स्वास्थ्य क्षेत्रमा सुधारात्मक कार्यक्रम अन्तर्गत ४४ लाख खर्चिइ सकेको भएपनि धेरै अपाङ्गता भएका स्थानमा छुट्न गएको स्विकार्दै अपाङ्गता भएका ब्यक्तिहरुको लागी साहायक सामाग्री तथा बिउ पुजि स्वरुप समुहगत ५० हजार उपलब्ध गराइ स्वरोजगारको बाटोमा लगेको उनले बताए। स्वास्थ्यमा सहज पहुँच पुगोस भनेर बिपन्न, दलित, अपाङ्ग नागरिकहरुको ८५% सम्म पालीकाले खर्च बेहोर्ने गरि स्वास्थ्य बीमा गराइएको जनाउदै उनले अपाङ्ग बाल अस्पताल तथा पुनर्थापना केन्द्रले दुहबी नगरपालीकामा शिबिर संचालनको सहकार्य गरेकोमा आभार प्रकट गरेका थिए।
HRDC इटहरिका प्रमुख अधिकारीले आजभन्दा ३८ बर्ष अगाडि डाक्टर अशोक बास्कोटाले अ्मेरीकि गृनकार्ड त्यागेर आफ्नै देशका अपाङ्ग बालबालिकाको काहाली लाग्दो जिबनमा परिवर्तन ल्याउन बनेपामा अस्पताल खोलेर सेवा दिन थालेको स्मरण गराउदै सरकारको आर्थिक सहयोग बिनै १ लाख भन्दा बढि अपाङ्ग बालबालीकाको जिबनमा परिवर्तन र खुसि बाड्न सकेको बताए। शिबिरमा दुहबी नगरपालीका भित्रका सबै वडामा रहेका अपाङ्ग हरुको परिक्षण गरिएको थियो । उक्त शिबिरमा अपाङ्गता पहिचान , औसधि बितरण र साहायक सामाग्री हस्तान्तर समेत गरिएको थियो। अप्रेशन नै गर्नुपर्ने शारिरिक अपाङ्ग हरुको बि एन्ड बि अस्पताल लगेर सल्यकृया गरिने छ। उपचार महंगो हुने हुंदा खर्चको ब्यावस्थापन दुहबी नगरपालीकाले उपलब्ध गराउने भएको छ। शनिबार गरिएको नि:शुल्क शिबिरमा ५५ जनाले सेवा लिएका थिए।
महिला २६ र पुरुष २९ जनाले जाँच गराएका थिए भने सबैलाइ निशुल्क औसधि बितरण गरिएको थियो। जाँच गराएका १ जना क्लिप्ट लिप को बिरामिलाइ बि एन्ड बि अस्पताल काठमाडौं उपचारका लागि रेफर गरिएको छ्। ३ जनाले साहायक सामाग्री पाएका छन भने नाक , कान, घाँटिका समस्या भएका ३ जनालाइ कोशि अस्पताल रेफर गरिएको स्वास्थ्य साखा दुहबीका अधिकृत उचित नारायण साहले जानकारि दिएका छन्।





