दुहबी/ सुनसरीको दुहबीमा जारि दोस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको बुधबार भएको पहिलो सेमिफाइनल खेलमा दमक फुटबल एकेडमी झापा उपाधी नजिक फाइनलमा प्रवेश गरेको छ।
दमक फुटबल एकेडमी झापाले डांगीहाट युथ क्लब मोरङलाइ ट्राइबेकरमा ५-४ गोल अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
खेलको निर्धारित समयको पहिलो हाफ सम्म दुवै तर्फबाट प्रतिस्पर्धात्मक खेल भएपनि गोल रहित बराबरी भएको
थियो । दोस्रो हाफको १७ औं मिनेटमा दमक फुटबल एकेडमी झापाका खेलाडी गौरव धिमालले १ गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए। दोस्रो हाफको २१ औं मिनेटमा डांगीहाट युथ क्लब मोरङका खेलाडी सुजन मगरले १ गोल गर्दै आफ्नो टिमलाई बराबरीमा पुर्याए।
खेल बराबरी भएपछि ट्राइबेकरमा दमक फुटबल एकेडमी झापाले डांगीहाट युथ क्लब मोरङलाइ ५-४ गोल अन्तरले हराउँदै उपाधी नजिक फाइनलमा पुगेको हो। खेलको म्यान अफ द म्याच दमक फुटबल एकेडमी झापाका गोल रक्षक योगेश धिमाल घोषित भए। उनलाई दुहबी वडा नम्बर ९ का वडाअध्यक्ष मेहदि हुसैन र हाजी लाल मोहमदले संयुक्तरूपमा नगद २५ सय मेडल प्रदान गरे ।
भोलि बिहिबारको दोस्रो सेमीफाइनल खेल आयोजक मेमोरी युवा क्लब सुनसरी र इटहरी फुटबल क्लब सुनसरीका बिच हुने आयोजकले जनाएको छ । शनिबार हुने फाइनल खेलमा प्रथम हुने टिमले उपाधी सहित २ लाख नगद तथा ट्रफी र उपबिजेताले १ लाख नगद तथा ट्रफी पाउने आयोजक क्लबका अध्यक्ष खडगनारायण माझीले जनाए ।






